9 years ago
May 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बलिङतर्फ सुशिल कँडेल तथा ब्याटिङमा अमित श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि युवा खेलाडीले भरिपूर्ण विभागीय क्लब नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा पुलिसले सुदुरपश्चिमाञ्चलमाथि ७ विकेटको सहज जित निकालेको हो ।

टस जितेर फिल्डीङ रोजेको पुलिसका लागि युवा बलर सुशिल कँडेल एक्लैले ५ विकेट लिएपछि सुदुर ८ बल बाँकी छदा १ सय ७० रनमा अलआउट भयो । ३८ रनको स्थितिमा ३ विकेट गुमाएको सुदूरलाई चौथो विकेटका लागि भएको ज्ञानेन्द्र कुँवर र भिम सार्कीको ६९ रनको साझेदारीले उकासेको थियो। कुँवरले आफ्नो टोलीका लागि सर्वाधिक ४९ रन बनाए भने भीम सार्कीले २८ रन जोडे। कुशल भुर्तेलको शानदार रनआउटले साझेदारी टुटेसँगै सुदुरको विकेट पतन सुरु भएको थियो। सन्तोष भट्टले २५ तथा रोशन नेपालीले २१ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । सुदुरलाई कम स्कोरमा रोक्न पुलिका सुशिल कँडेलले १० ओभरमा जम्मा २१ रन खर्चदै २ मेडनसहित ५ विकेट लिए। ललित सिह भण्डारीले ३ तथा आरीफ शेखले १ विकेट लिए।
सुदुरले दिएको १ सय ७१ रनको लक्ष्य पुलिसले २४.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओपनर शंकर रानालाई शुन्य रनमा गुमाएपनि पुलिसका लागि अमित श्रेष्ठले ६३ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा ७५ रन बनाए । अमितले दीलिप नाथसँग दोस्रो विकेटका लागि १ सय २८ रनको साझेदारी गरे । दीलिपले ५० बलमा ४० रन बनाए । दीपेन्द्र सिंह ऐरी २७ तथा आरिफ शेख ८ रनमा नटआउट रहे । १९ बल खेलेका ऐरीले ६ चौका प्रहार गरे । सुदूरपश्चिमका सागर भण्डारी, विकास अग्री र भीम शार्कीले एक–एक विकेट लिए । जितपछि समूह बीमा पुलिस २ अंक जोड्दै समुहमा दोस्रो स्थानमा छ ।

जारी प्रतियोगिताको एकै खेलमा ५ विकेट लिने सुशिल दोस्रो खेलाडी बने । यसअघि मंगलबार भएको पहिलो खेलमा आर्मीका सागर पुनले पूर्वाञ्चल विरुद्धको खेलमा ५ विकेट लिएका थिए ।
प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताअन्तर्गत बिहिबार समूह बी पूर्वाञ्चल र पुलिसबीच खेल हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]