9 years ago
June 8, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानले डकवर्थ लेविस पद्दतीका आधारमा दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय १९ रनको सामान्य योगफल खडा गरेको थियो। कप्तान एबी डे भिलियर्स करियरकै पहिलो गोल्डेन डकमा आउट भएको दक्षिण अफ्रिकी पारीलाई डेविड मिल्लरले सम्हालेका थिए। १०४ बल खेल्दै अविजित ७५ रन जोडेका मिल्लरले १ चौका र ३ छक्का प्रहार गरेका थिए। एक समय ११८/६ को स्थितिमा रहेको दक्षिण अफ्रिकालाई अन्तिम २ विकेटको साझेदारीले उकासेको थियो।
मिल्लरले सातौं विकेटका लागि २८ रन जोडेका क्रिस मोरीससँग ४७ रन र आठौंका लागि २६ रन जोडेका कागिसो रबाडासँग ४८ रनको साझेदारी गरेका थिए। ओपनर क्विनटन डे ककले ३३, फाफ डु प्लेसिसले २६ तथा हसिम अमलाले १६ रन जोडेका थिए। पाकिस्तानका लागि म्यान अफ द म्याच बनेका हसन अलीले २४ रन खर्चेर ३ विकेट लिए। जुनेद खान र इमाद वसीमले पनि २/२ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २७ ओभरमा ११९/३को स्थितिमा खेलिरहँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाका कारण बाँकी खेल सम्भव नभएपछि पाकिस्तान डि/एल पद्दतीका अनुसार विजयी भएको थियो। पाकिस्तानका लागि फखार जमानले ३३ रन तथा मोहमद हफिजले २६ रन जोडे। बाबर आजम ३३ र सोएब मलिक १६ रनमा अविजित रहे। दक्षिण अफ्रिकाको लागि तीन विकेटनै मोर्ने मोर्केलले लिएका थिए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]