default_image

9 years ago

June 12, 2017

राखेपले आफ्नो अधिकार प्रयोग गरेको हो – सदस्य सचिव विष्ट

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भाडामा दिन खेलाडी वा प्रशिक्षकको सहमति लिन आवश्यक नभएको बताएका छन् ।
अर्को साताबाट राजधानीमा सुरु हुने भनिएको एसियन प्रिमियर लिग (एपिएल) क्रिकेट च्याम्पियनसिप आयोजनाका विषयलाई लिएर क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) ले गम्भिर प्रश्न उठाएपछि राखेप सदस्य सचिव विष्टको यस्तो भनाई आएको छ ।

राखेप सदस्य सचिव केशवकुमार विष्ट

‘आयोजकले हामीसँग मैदान भाडामा मागे । हामीले दिनको २५ हजार रुपैयाँको दरले भाडामा दिएका छौं ’ सदस्य सचिव विष्टले भने, ‘यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले दिनको ९ हजार रुपैयाँ दिने गरेको रहेछ । ’
राखेपले एपिएल आयोजनाका लागि स्वीकृति दिएपनि त्यो स्थानिय खेलाडी र नेपाली क्रिकेटलाई कुनै फाइदा नहुने भन्दै विज्ञप्ती जारी गरेपनि सदस्य सचिव विष्टले भने, ‘खेलकुदका माध्यमबाट देशमा प्रत्यक्ष वा अत्यक्ष रुपमा फाइदा पुग्ने विश्वासका साथ हामीले आयोजनाका लागि मैदान उपलब्ध गराएको हो । मैदान दिदा खेलाडी वा प्रशिक्षकलाई सोध्नु पर्दछ भन्ने बाध्यता छैन । राखेपले आफ्नो क्षेत्राधिकार भित्रको काम गर्छ । केही व्यक्तिहरु खेल क्षेत्रमा ठेकदारी प्रथा चलाउन चाहन्छन्, हामी त्यस्तो हुन दिदैनौं ।’
एपिएल आयोजनाले मैदान व्यस्त हुने हुँदा विश्व कप यू १९ छनोटको तयारीमा असर पुग्ने सिप्यानको भनाईलाई पनि सदस्य सचिव विष्टले अस्वीकार गर्दै भनेका छन्,‘एपिएलले ४ दिन असर गर्न सक्दछ । त्यसका लागि हामीले पुल्चोकको मैदानको व्यवस्था गर्ने प्रक्रिया सुरु गरेका छौं ।’
एसियन क्लब प्रिमियर लिग सञ्चालनका लागि क्रिकेट काउन्सिल अफ इन्डिया चन्डिगढ सँग सम्झौता भएको सदस्य सचिव विष्टले बताए ।
एपिएलमार्फत नेपालको अर्थतन्त्रमा पनि टेवा पुग्ने विष्टको विश्वास छ । ‘यो प्रतियोगितामार्फत करोडौंको व्यापार हुन्छ ’ उनले भने, ‘खेलकुदका माध्यमबाट देशको अर्थतन्त्रमा फाइदा पुग्ने काम हामीले गर्नुपर्दछ ।’ स्थानिय खेलाडी लिने नलिने दुई पक्षको सहमतिको विषय भएकाले त्यसमा राखेपले कुनै हस्तक्षेप नगर्ने विष्टले प्रष्ट पारेका छन् । ‘नेपालका खेलाडी वा प्रावधिक जनशक्तिको प्रयोग गर्दा उनीहरुले पारश्रमिक दिनेछन्’ उनले थपे, ‘दुई पक्षको सहमतिमा खेल्दा हामीलाई आपत्ती हुन्न ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका सिप्यानका महासचिव पारस खड्काले सोमबार विज्ञप्ती जारी गर्दै भनेका थिए ,‘एपिएलमा कुनै पनि नेपाली खेलाडी र अफिसियलको सहभागिता छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एसियन क्रिकेट काउन्सिल (एसिसी) बाट पनि च्याम्पियनसिपका लागि स्वीकृति लिइएको छैन ।’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.