default_image

9 years ago

June 17, 2017

मकवानपुर स्पोन्सर क्रिकेट च्याम्पियन

147 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल क्रिकेट स्कुल (एनसिएस)लाई पराजित गर्दै मकवानपुर क्रिकेट एकेडेमी स्पोन्सर यु–१६ एकेडेमी कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

प्रतियोगिताको विजेता टोली मकवानपुर (तस्विर: क्रिकेटिङ नेपाल)

पोखराको एमसीसी मैदानमा शनिबार भएको खेलमा एनसिएसलाई ४१ रनले पराजित गर्दै मकवानपुर क्रिबेट एकेडेमी पहिलो संस्करणको स्पोन्सर यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । मकवानपुरले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको एनसिएस १५.५ ओभरमा ६७ रनमा समेटियो । एनसिएसका ओपनर विराट भण्डारी र प्रतिश जिसीले समान १७–१७ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा एनसिएस पराजित हुन पुग्यो । सचिन शर्माले १४ रन थपेका थिए । एनसिएसलाई सस्तैमा समेट्न मकवानपुरका साकर गजुरेल र शुभ कंशकारले समान तीन–तीन विकेट लिए । यस्तै सरान्स गौतम र राजु यादवले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ८ रनको मध्यम योगफल तयार पारेको थियो । मकवानपुरका लागि शुभ कंशकारले ३१ रन बनाए । सुरज तिमल्सिना २३ रनमा अविजित रहे । सारान्स गौतल १४ रनमा आउट भए । एनसिएसका नितेश यादवले दुई विकेट लिए । शशांक अग्रवाल र रिजन थापाले एक–एक विकेट लिए ।

च्याम्पियन बनेको मकवानपुरले ७५ हजार रुपैया प्राप्त गर्यो । उपविजेता बनेको एनसिएसले ३५ हजार रुपैयामा चित्त बुझायो । मकवानपुरका साकार गजुरेल प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । पोखरा क्रिकेट क्लबका मेखबहादुर सेन उत्कृष्ट बलर र एनसिएसका रित गौतम उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

विजयी खेलाडीहरुलाई पोखरा वडा नम्वर २ का अध्यक्ष तथा प्रमुख अतिथि शारदा कुमारी पराजुली, देवीवास इभेन्ट्सका प्रवन्ध निर्देशक शैलेन्द्र शर्मा लगायतले पुरस्कृत गरे । खुकुरी इन्टरटेन्टमेन्ट र देवीवास इभेन्ट्सको आयोजना तथा माछापुच्छ्रे क्रिकेट क्लबको संयोजनमा भएको जेठ २७ गतेबाट शुरु भएके प्रतियोगितामा विभिन्न ८ क्रिकेट टिमले सहभागिता जनाएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.