default_image

9 years ago

June 18, 2017

एइसी इन्डोर नकआउट कपको खेलतालिका सार्वजनिक

126 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आरिगातो एजुकेसनल कन्सल्टेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा यहि असार ६ गतेदेखि एइसी कप २०१७को खेलतालिका सार्वजनिक भएको छ।

कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा आज एक कार्यक्रमबीच खेलतालिका जारि गरिएको थियो। टोलीका प्रतिनिधि खेलाडीहरुको उपस्थिति खेलतालिका गोलाप्रथाबाट छानिएको थियो। प्रतियोगिताको फाइनल खेल असार ९ गते हुनेछ।

१८ टोलीको सहभागिता रहने प्रतियोगिताका खेलहरु नकआउट पद्दतिमा खेलाइनेछ। १८ ओभर प्रति इनिङ्स हुने खेलमा इन्डोर क्रिकेटको नियम लागु हुनेछ। प्रत्यक टोलीमा कुल ८ खेलाडी रहनेछन् भने ६ खेलाडीले खेल्नेछन्।

प्रतियोगिताको विजेताले उपाधिसँगै नगद रु ५० हजारका प्राप्त गर्नेछन्। म्यान अफ द सिरिजलाई नगद रु ५ हजार प्रदान गरिनेछ।

खेलतालिका:

कौस्तुभ कलेज विरुद्ध ओमेगा कलेज

द ब्रदर्स विरुद्ध योर्स टेक्नोलोजी

तत्त्व फर्निसिङ विरुद्ध ट्रीटन कलेज

गोर्खा नाइट्स विरुद्ध चितवन टाइगर्स

मामा भान्जा विरुद्ध काठमाडौँ स्टार्स

राइजिङ नेपाल विरुद्ध अरिगातो कन्सल्टेन्सी

एपेक्सियन च्यालेन्जर विरुद्ध किरण वारियर्स

एनएसजेएफ विरुद्ध नेप्लोमार्ट

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.