9 years ago
June 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा भएको छ। प्रतियोगिता जानुअघि टोलीबाट १४ खेलाडीलाई अन्तिम टोलीमा समेटिने छ भने ४ खेलाडी वैकल्पिकका रुपमा रहनेछन्।

४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
४० सदस्यीय प्रारम्भिक टोलीको छनोट गतवर्ष सम्पन्न ट्यालेन्ट हन्ट, सुपर लिग खेलका साथसाथै नेपालमा आयोजित राष्ट्रिय खेलकुद र अन्य प्रतियोगिताको आधारमा गरिएको थियो भने त्यसपछि भएको सुपर लिग खेलका आधारमा १८ खेलाडी छानिएका हुन्।
छनोट कमिटीमा आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास रहेका छन्। यू-१९ टोलीको प्रशिक्षण सोमबारदेखि सुरु हुनेछ।
राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, लगायतका खेलाडी १८ सदस्यीय प्रारम्भिक टोलीमा अटाएका छन्।
१. सन्दिप लामिछाने
२. अनिल कुमार साह
३. किशोर महतो
४. सुशान्त सिंह थापा
५. विक्रम कुमार भुसाल
६. प्रकाश केसी
७. पवन शर्राफ
८. सन्दिप जोरा
९. रिजन ढकाल
१०. प्रनित थापा मगर
११. साहब आलम
१२. रसिद खान
१३. आशिफ शेख
१४. सन्दिप सुनार
१५. ललित नारायण राजबंशी
१६. रोहित कुमार पौडेल
१७. आदील खान
१८. दिपेन्द्र सिंह ऐरी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]