default_image

9 years ago

June 20, 2017

एसिपिएलमा टाइगर्स र लायन्सको जित

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसियन क्लब प्रिमियर लिग (एसीपिएल) टि-२० अन्तर्गत  मंगलबारको खेलमा बंगलादेश टाइगर र श्रीलंकन लायन्सले जित हात पारेका छन्। पहिलो खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्सलाई ३ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा श्रीलंकन लायन्सले इन्डियन स्टार्समाथि ५४ रनको जित दर्ता गर्यो ।

बर्षाको कारण १८ ओभरमा छोट्याइएको खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्सलाई  १ सय २ रनको लक्ष्य दिएको थियो। अफगानिस्तान बुल्सले निधारित १८ ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र जोड्न सकेको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको टाइगर्सले १८ ओभरमा ८ विकेटको गुमाउँदै १ सय १ रन बनाएको थियो । टाइगर्सका लागि अहमदले सर्वाधिक २७ रन जोडेका थिए। बुल्सका लागि हसनले ३ विकेट लिए ।

दास्रो खेलमा भने पहिलो ब्याटिङ गरेको श्रीलंकन लायन्सले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर इन्डियन स्टार्स १५ ओभरमा अलआउट हुदैँ १ सय १ रनमा अलआउट  भएपछि खेल लायन्सले जितेको थियो।

६ टोली सहभागी प्रतियोगिताको बिजेताले २५ लाख भारु पाउनेछन् भने उपबिजेताले १० लाख र तेस्रो हुने टोलीले ५ लाख भारु पाउनेछन् । यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार भारु दिइने छ । म्यान अफ दि सिरिजलाई कार पुरस्कार राखिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.