default_image

8 years ago

June 21, 2017

चितवन टाइगर्स र नेप्लो मार्ट विजयी

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्स र नेप्लो मार्ट राजधानीमा जारी एइसी कप इन्डोर क्रिकेट प्रतियोगितामा विजयी भएका छन् ।

कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन टाइगर्सले गोरखा नाइटलाई २८ रनले तथा नेप्लो मार्टले नेपाल खेलकुद पत्रकार मञ्चको टोलीलाई ४७ रनले पराजित गरेको हो ।

चितवनले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको गोरखाले निर्धारित १८ ओभरमा १ सय ४ रनमात्र बनाउन सक्यो । गोरखाका लागि सुमन पोखरेलले ३० रन तथा उद्धव थापाले १८ रन बनाए । चितवनका भगवान श्रेष्ठले चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित १८ ओभरमा १ सय ३१ रन बनाएको थियो उसका लागि इशान पाण्डेले ३० तथा कृष्ण नेघीले २३ रनको योगदान दिए । गोरखाका सुमा पोखरेलले चार विकेट लिए । भगवान श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । यस्तै अर्काे खेलमा नेप्लो मार्टले खेलपत्रकार मञ्चको टोलीमाथि ४७ रनको जित निकाल्यो । ८८ रनको लक्ष्य पछ्याएको नेप्लोले निर्धारित १८ ओभरमा १ सय ३४ रन बनायो । नेप्लोका लागि विवेक श्रेष्ठले ३७ तथा शुभम पोखरेलले ३१ रन बनाए । मञ्चका निशान राईले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मञ्चले दिपेन्द्र पोखरेलको २५ रनको मद्दतमा ८७ रन बनाएको थियो । यस्तै अन्य खेलमा ट्रिटन कलेजले तत्व फर्निसिङलाई १ सय १९ तथा कौस्तुव कलेजले ओमेघा कलेजलाई १ सय ५५ रनले पराजित गर्यो ।

प्रतियोगिता अन्र्तगत बिहिबारबाट क्वार्टरफाइनलका खेल हुनेछ ।

ट्रिटनले चितवन टाइगर्स, योर्स टेक्नोलोजीले कोस्तुव कलेज, काठमाडौं स्टार्सले राइजिङ नेपाल तथा किरण वारियर्सले नेप्लोमार्टको सामना गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.