10 years ago
November 6, 2015
३ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षेतिमा १ सय ५५ रन जोड्दा दोस्रो दिनको खेल समाप्त भएको थियो ।
संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावीमा टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ विकेट लिए ।
जवाफमा नेपालले १ विकेटको क्षेतिमा १ सय ६ रन बनाउँदा पहिलो दिनको खेल समाप्ती भएको थियो । दोस्रो दिन नेपालले १ सय ६ मै इनिङ समाप्तीको घोषणा गरेपछि हङकङले दोस्रो इनिङ सुरु गरेको थियो ।
हङकङले दोस्रो इनिङमा ७ विकेटको क्षेतिमा २ सय ३ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेपछि नेपालले ३ सय १३ रनको लक्ष्य प्राप्त गरेको थियो । हङकङका ओपनर जामि एट्किन्सन र निजाकत खानले अर्धशतक पुरा गरे ।
राष्ट्रिय टोलीबाट दुई दिवसिय क्रिकेटमा ‘डेब्यू’ गरेका विक्रम सोबले स्मरणीय प्रदर्शन गरे । उनले एकै ओभरमा ३ विकेट लिएका थिए । कुल ७ ओभर बलिङ गरेका उनले १ मेडनसहित ३७ रन खर्चे ।
बसन्त रेग्मीले २, राष्ट्रिय टोलीबाट दुई दिवसिय क्रिकेटमा ‘डेब्यू’ इर्साद अहमद र करन केसीले १÷१ विकेट लिए ।
नेपालका लागि दोस्रो इनिङमा शरद भेषावकरले सर्वाधिक ४७, अनिल मण्डले ४४, महबुब आलमले २० र कप्तान ज्ञानेन्द्र मल्ले १२ रन बनाएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]