default_image

8 years ago

June 30, 2017

जिम्बाब्वेसँग श्रीलंकाको हार

123 views

0 Bookmark

गाल(एजेन्सी) – जिम्बाब्वेका सोलोमन मिरेको शतकीय पारीको मद्दतले श्रीलंकालाई पहिलो एकदिवसीयमा पराजित गर्दै पाहुना टोलीले ५ खेलको एकदिवसीय शृंखलामा १-०को अग्रता लिएको छ।

पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १६ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको लागि कुसल मेन्डिसले ८० बलमा ८६ रन बनाए भने उपुल थरंगा ७९ रनमा अविजित रहे। ओपनर गुणथिलाकाले ६० रन जोड्दा कप्तान एन्जेलो म्याथ्युजले ४३ रन बनाएका थिए। जिम्बाब्वेका चतराले २ विकेट तथा सन् विलिएम्स, ग्रेम क्रिमर र मिरेले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वेले सुरुवाती २ विकेट सस्तैमा गुमाएपानी तेश्रो विकेटका लागि विलियम्स र मिरेको १ सय ६१ रनको साझेदारीसँगै पारी उकासिएको थियो। मिरेले १ सय १२ रन जोड्दा विलियम्सले ६५ रन बनाए। पाँचौ विकेटका लागि सिकन्दर राजा र माल्कम वाल्लरले अविजित १ सय २ रनको साझेदारी गर्दै टोलीलाई जित्सम्म पुर्याएका थिए। राजा ६७ रन र वाल्लर ४० रनमा अविजित रहे।

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.