default_image

8 years ago

July 3, 2017

वेष्ट इन्डिजसँग भारतको पराजय

141 views

0 Bookmark

एजेन्सी – कप्तान जेसन होल्डरले पाँच विकेट लिएपछि सामान्य लक्ष्य पछ्याइरहेको भारतलाई रोक्दै वेष्ट इन्डिजले ११ रनको जित हात पारेको छ। होल्डरले अन्तिम ओभरमा २ विकेट लिएपछि भारत अलआउट भएको थियो।

पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ७८ रन जोडेको थियो। एक समय १३६/३को स्थितिमा रहेको वेष्ट इन्डिजले तल्लोक्रममा ब्याटिङ सम्हाल्न नसकेपछि सामान्य स्कोर बनाइन सक्यो। उसका लागि लेविस र होपले समान ३५/३५ तथा चेजले २४ रनको येगदान दिए। भारतको लागि उमेश यादव र हार्दिक पाण्ड्याले ३/३ तथा कुलदिप यादवले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको भारत एक समय राम्रो स्थितिमा रहेपनि लगातार विकेट गएसँगै खेलको नतिजा सुम्पेको थियो। भारतका लागि अजिङ्क्या रहानेले ६० तथा धोनीले ५४ रनको योगदान दिए। हार्दिकले २० रन जोडेका थिए भने कहालीले ३ रनको योगदान दिए।

होल्डरको ५ विकेटसंगै वेष्ट इन्डिजको जित पक्का भएको थियो। भारतले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ७८ रन जोडेको थियो।

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

Success

Thank you for your time.