8 years ago
July 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– आइसीसी यू १९ विश्व कप छनोटको तयारीका क्रममा विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली युवा टोलीले आइतबार तेस्रो सम्भास खेल खेल्दैछ ।
ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा नेपाली टोलीले ग्रेटर नोयडाको आर पि सिंह किकेट एकेडेमीको सामना गर्ने छ ।
नेपाली युवा टोलीले अघिल्ला दुवै खेल जितेको थियो । पहिलो खेलमा फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ हराएको युवा टोलीले अर्को खेलमा बुधबार गुरूग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रशिक्षणका लागि युवा टोली असार ९ गते दिल्ली पुगेको थियो । ४ राष्ट्रको सहभागिता रहने विश्व कप छनोट जुलाई १६ देखि २५ सम्म सिंगापुरमा हुनेछ । नेपालसहित छनोटमा अफगानिस्तान, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । डवल राउण्ड रोविन लिगपछि छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । यू १९ विश्व कप २०१८को जनवरीमा न्युजिल्यान्डमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]