8 years ago
July 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसीसी यू १९ विश्वकप छनोटको तयारीका लागि भारतमा रहेको नेपाली युवा टोली बिहीबार अभ्यास खेलमा ६८ रनले पराजित भएको छ। अघिल्ला ४ मध्ये २ खेलमा विजयी भएको नेपाली युवा टोली नोयडा-११ सँग पराजित भएको हो ।
दुइ अभ्यास खेल भने बर्षाका कारण पुरा हुन सकेको थिएनन् । दुइ खेलमा भने नेपालले सहज जित हासिल गरेको थियो । २ सय ३५ रनको लक्ष्य पछ्याएको नेपाली टोली बिहीबार ४२.२ ओभरमा अलआउट हुँदै १ सय ६६ रनमा समेटिएको थियो ।
नेपाली टोलीका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरे । ६८ बल खेलेका दीपेन्द्रले २ छक्का र २ चौाका साथ ५५ रन बनाए । ओपनर सन्दीप सुनारले ३६, प्रकाश केसीले ३१ र अर्का ओपनर आसिफ शेखले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । नोयडाका लागि निमित सैनी, हर्षिक सेट्टी र अनुरित सिंहले समान २ विकेट लिए ।
ग्रेटर नोयडाको सहिद विजय पथिक स्पोर्टस् कम्प्लेक्समा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रनको योगफल तयार पारेको थियो । टोलकिा लागि तनमय श्रीवास्तवले शतककी इनिङ्स खेले । तनमयले भारतको उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने अर्का खेलाडी अनुरित सिंह आइपिएल खेलेका खेलाडी हुन्। तनमय सन् २००८को यू१९ विश्वकपको सर्वाधिक रन बटुल्ने खेलाडी रहेका थिए।
१४९ बल खेलेका तनमयले ७ चौका र ३ छक्काका साथ १ सय २० रन जोडे । राहुद यादले ३३, अनुरित सिंहले २८ र परविन्दर अवानाले १७ रन बटुले । नेपाली युवा टोलीका किशोर महतो र पवन सराफले समान २ तथा रोहितकुमार पौडेल, सहाव आलम र ललितनारायण राजवंशीले समान १ विकेट लिए।
प्रशिक्षणका लागि युवा टोली असार ९ गते दिल्ली पुगेको थियो । ४ राष्ट्रको सहभागिता रहने विश्वकप छनोट जुलाई १६ देखि २५ सम्म सिंगापुरमा हुनेछ । नेपालसहित छनोटमा अफगानिस्तान, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । डवल राउण्ड रोविन लिगपछि छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । यू १९ विश्व कप २०१८को जनवरीमा न्युजिल्यान्डमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]