default_image

10 years ago

November 14, 2015

एम.सी.सी. द्वारा टि२०मा क्यान एघार पराजित

199 views

0 Bookmark

टि.यु. क्रिकेट मैदानमा आज खेलिएको क्यान एघार र नेपाल टुरमा रहेको एम.सी.सी. बिचको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ|

ओपनर प्रकाश बिष्ट आउट भएपछि कप्तान राजेश पुलामी ब्याटिंग गर्न जादैं

ओपनर प्रकाश बिष्ट आउट भएपछि कप्तान राजेश पुलामी ब्याटिंग गर्न जादैं

टश जितेर पहिला ब्याटिंग रोजेको क्यान एघारले प्रदिप ऐरीको अर्धशतकको मद्दतले १५१ रनको विशाल योगफल खडा गर्न सफल रह्यो| आठ चौका र दुइ छक्का प्रहर गरेका ऐरीले ३४ बलमा ५६ रन बनाएका थिए| यसबाहेक मन्जित श्रेष्ठले २५(२०) र कप्तान राजेश पुलामी २२(२१) ले पनि मध्यक्रममा राम्रो योगदान दिए| नौ बलमा १७ रन बनाउदैं सोनु तामाङ्गले पनि अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरे| एम.सी.सी का लागि एलेक्स सेन्नेक, माइकल कोल्स, एलेक्स मक्कुईन्, निल डेक्स्तर र ग्रेग होल्म्सले एक एक विकेट लिए|

जवाफी ब्याटिंगमा उत्रेको एम.सी.सी.ले राम्रो सुरुवात गर्यो| ग्रेग होल्म्स र जोर्ज डायरले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे| ११औं ओभरमा आउट हुनुपूर्व डायरले ३५ बलमा  पाँच चौका र एक छक्काको मद्दतले ४१ रन बनाए| अर्का ओपनर ग्रेग होल्म्स ३८ बलमा ५७ रन बनाउदैं रन आउट हुन पुगे| आशिष पोख्रेलको थ्रोमा अँ आउट हुनु अघि उनले नौ चौका प्रहार गरे| एक बल बाँकी हुदा लक्ष्य प्राप्त गरेको एम.सी.सीक लागि स्टर्म गरिन ले २४(२६) रन योगदान गर्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्| नेपालका लागि रुपेश श्रीवास्तब, सोनु तामाङ्ग र प्रदिप ऐरीले एक-एक विकेट लिए|

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.