default_image

8 years ago

July 18, 2017

नेपालले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

118 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत मलेसिया विरुद्ध हुन लागेको दोश्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो।

नेपाल अंक तालिकामा २ अंक बोकेर दोश्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको अफगानिस्तानको पनि २ अंक छ तर मलेसिया विरुद्ध ८ विकेटको जित दर्ता गरेको अफगानी टोलीको रन रेट नेपालको भन्दा राम्रो छ।

मलेसियाविरुद्धको खेलमा नेपाली टोलीले १ परिवर्तन गरेको छ। विकेटकिपर प्रकाश केसीको स्थानमा आदील खान टोलीमा आएका छन्। विकेटकिपिङको जिम्मा भने आसिफ सेखले पाएका छन्।

मलेसिया विरुद्धको टोली:
१. सन्दिप लामिछाने
२. दिपेन्द्र सिंह ऐरी
३. अनिल कुमार साह
४. आदील खान
५. पवन शर्राफ
६. रोहित कुमार पौडेल
७. आसिफ शेख (विकेट किपर)
८. साहब आलम
९. प्रनित थापा मगर
१०. सन्दिप सुनार
११. किशोर महतो

प्लेइङ ११ मा नपरेका:
१२. ललित नारायण राजबंशी
१३. रिजन ढकाल
१४. प्रकाश केसी

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.