default_image

8 years ago

July 19, 2017

विश्वकप छनोटमा नेपाल र अफगानिस्तान भिड्दै

169 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत बिहिबार हुने खेलमा नेपाल र अफगानिस्तान भिड्दैछन्। दुवै टोलीले आफ्नो पहिलो दुई खेलमा जित आत्मसात गर्दै अंक तालिकामा समान ४/४ अंक जोडेका छन्। तर अफगानिस्तानको +५.०३५ नेट रन रेटको तुलनामा नेपालको +३.७३९ कम भएकाले अफगानिस्तान शीर्षस्थानमा रहेको छ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक टोली सिंगापुरलाई ७३ रनमा अलआउट गर्दै ४ विकेटले खेल जितेको थियो भने दोश्रो खेलमा मलेसियाबाट पाएको ५९ रनको लक्ष्य ५ विकेट गुमाउँदै पुरा गरेको थियो।  यता अफगानिस्तानले पहिलो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा सिंगापुरलाई ७ विकेटले हरायो।

नेपाल र अफगानिस्तान दुवै टोलीका बलरहरु प्रतियोगितामा हावी भएका छन्। नेपालका कप्तान सन्दिप लामिछानेले सुरुवाती २ खेलमा लगातार ५ विकेट लिएर दुवै खेलमा म्यान अफ द म्याचको उपाधि प्राप्त गरे। यता अफगानिस्तानका बलर युसुफ जजाईले पनि २ खेलमा ९ विकेट लिएका छन्। उनले मलेसियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक पनि लिएका थिए। उनले पनि दुवै खेलमा म्यान अफ द म्याचको उपाधि प्राप्त गरेका थिए।

खेल नेपाली समयानुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.