default_image

8 years ago

July 20, 2017

नेपालको लज्जास्पद हार

135 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत भएको तेश्रो खेलमा नेपालले अफगानिस्तानसँग १ सय ४१ रनको हार व्येहोरेको छ। १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा अलआउट हुँदै ४९ रनमात्र बनाउन सक्यो।

खेलको छैटौं ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमायो। दोश्रो विकेटका रुपमा सन्दिप सुनार २ रनमा पेभेलियन फर्केपछि नेपाल थप संकटमा पारेको थियो। दुवै ओपनरलाई मुजिब रहमानले आउट पारेका थिए। मध्यक्रममा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरी ४ रनमा नविन उल हकको बलमा क्याचआउट भएका थिए।

त्यसपछि प्रनित थापा मगर र अनिल शाह लगातार २ बलमा आउट भएपछि नबिनको ह्याट्रिक पुरा भएको थियो। प्रनित बोल्ड भएका थिए भने अनिल एलबीडब्लु धरापमा परेका थिए। नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका पवन शर्राफले सर्वाधिक २६ रन जोडेका थिएअफगानिस्तानका कप्तान नबिन उल हक र मुजिब रहमानले समान ४/ ४ विकेट लिए। युसुफ जजाई र जाहिर खानले पनि १/१ विकेट बाँडे।

खेलमा टस जितेर नेपालले प्रतियोगितामा लगातार तेश्रो पटक फिल्डिङ रोजेको थियो। तर अफगानिस्तानका ओपनरहरुले सम्हालिएर खेल्दै राम्रो सुरुवात दिलाए। इब्राहिम जद्रान ४३ रनको व्यक्तिगत स्कोरमा कट बिहाइन्ड भएपछि नेपालले पहिलो सफलता पाएको थियो। साहब आलमको बलमा आउट हुनुअघि उनले नविद ओबेदसँग मिलेर पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। ओपनर नविद ३३ रन जोड्दै पवन शर्राफको बलिङमा उनैबाट क्याच आउट भए।

त्यसपछि नियमित विकेट गुमाएको अफगानिस्तानका लागि मध्यक्रममा तारिक स्तानिकजाइले २७ रन, इमरान मोहमदीले १८ रन र दार्विस रसुलीले १४ रन जोडे। अफगानिस्तानका नविद उल हकले अन्तिममा २० रन जोड्दै अफगानिस्तानको योगफल अझ बढाएका थिए। नेपालको लागि साहबआलमले ३ विकेट लिए भने कप्तान सन्दिप लामिछाने र पवन शर्राफको नाममा २/२ विकेट रह्यो। किशोर महतो र दिपेन्द्र सिंह ऐरीले पनि १/१ विकेट बाँडे।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.