default_image

8 years ago

July 20, 2017

‘खराब ब्याटिङ हारको मुख्य कारण’ – प्रशिक्षक दास

155 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अफगानिस्तान विरुद्ध १ सय ९१ रन पछ्याएको नेपाली टोली ४९ रनमा अल आउट भएपछि सिंगापुरमा जारी आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र)मा नेपालको छनोट हुने सम्भावना अब न्यून भएको छ। खेलपश्चात पत्रकारको प्रश्नमा जवाफ दिंदै टोलीका प्रशिक्षक बिनोद दासले नेपालको खराब ब्याटिङ हारको मुख्य कारण भएको बताएका छन्।

उनले खेलाडीहरुले गरेको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गर्दै ब्याटिङमा सुधार गर्नु एकदम जरुरी रहेको बताए। ‘ जब १० ओभरमै टोलीका शीर्ष ६ ब्याट्सम्यान पेभेलियनमा हुन्छन् भने म त्यस्तो प्रदर्शनबारे केहि भन्न सक्दिन। उनीहरुले राम्रो बलिङ गरेका हुन् तर हामीले ब्याटिङ गर्न नसकेकोमा कुनै किसिमको बहाना पनि हामीले दिन सक्दैनौं। हाम्रो ब्याटिङप्रतिको दृष्टिकोण नै यसको मुख्य कारक हो।

उनले टोलीको ब्याटिङ एक्कासी खराब हुनुमा पिचको खराबी नरहेको पनि स्वीकारे। ‘हामीले सुरुवातमै आफ्ना शीर्ष क्रमका ब्याट्सम्यानलाई गुमाउनुमा पिचको केहि गल्ति छैन। हाम्रा ब्याट्सम्यानले खेलको अवस्था हेरेर ब्याटिङ गर्न सकिरहेका छैनन्। हाम्रो  ब्याट्सम्यानहरुले प्रतियोगिताको कुनै खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेनन्।’ अफगानिस्तानविरुद्धको खेलमा नेपालका शीर्षक्रमका कुनै ब्याट्सम्यानले पनि दोहोरो अंकमा रन बनाउन सकेनन।

प्रशिक्षक दासले विश्वकपमा छनोट हुने सम्भावनालाई भने अन्त्यसम्म पनि प्रयास जारी राख्ने बताए। ‘हामीसँग अझै ३ खेल छन् र सबैमा उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो लक्ष्य हुनेछ। हामीले यस प्रतियोगिताका लागि लामो समयदेखि निकै मेहेनत गर्दै आएका छौँ। हामीलाई अरुलाई भन्दा धेरै दुख लागेको छ तर हामी अझै सुधार गरेर मैदानमा उत्रनेछौँ। हामी बाँकी खेलमा राम्रो प्रदर्शन गरेर अन्तिमसम्म के हुन्छ हेर्नेछौँ।।’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.