8 years ago
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ।
नेपालले सुरुवाती ३ खेलमा टस जितेर फिल्डिङ रोज्दै आएको थियो। पछिल्लो खेलमा अफगानिस्तान विरुद्ध ४९ रनमा अलआउट भएको नेपालले १ सय ४१ रनको पराजय भोगेको थियो। त्यसअघिका खेलमा भने नेपालले सिंगापुरलाई ४ विकेट र मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।
यस खेलका लागि प्रशिक्षक दासले २ परिवर्तन गरेका छन्। आदील खानको स्थानमा प्रकाश केसी टोलीमा फर्किएका छन् भने साहब आलमको स्थानमा ललित नारायण राजवंशीले मौका पाएका छन्।
मलेसिया विरुद्धको टोली:
१. सन्दिप लामिछाने
२. दिपेन्द्र सिंह ऐरी
३. अनिल कुमार साह
४. प्रकाश केसी (विकेट किपर)
५. पवन शर्राफ
६. रोहित कुमार पौडेल
७. आसिफ शेख
८. ललित नारायण राजबंशी
९. प्रनित थापा मगर
१०. सन्दिप सुनार
११. किशोर महतो
प्लेइङ ११ मा नपरेका:
१२. साहब आलम
१३. रिजन ढकाल
१४. आदील खान
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]