8 years ago
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनको योगफल खडा गरेको हो।
मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले राम्रो स्कोरतर्फ लम्किएको थियो। दिपेन्द्रले ८३ बल खेल्दै २ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए। उनि बिर बिक्रम विश्वासरेको बलमा लामो सट खेल्ने प्रयासमा कभरमा रहेका रोहन रंगराजनबाट क्याच आउट भएका थिए। प्रकाश केसी २३ रन बनाउँदै विश्वासरेकै बलमा लङ अनमा क्याच आउट भए।
विगतको खेलको तुलनामा ब्याटिङ क्रम परिवर्तन गरेको नेपालका लागि सन्दिप सुनार र अनिल शाह पारीको सुरुवात गर्न आएका थिए। पारीको तेश्रो ओभरमै नयाँ ओपनर अनिल शाह ७ रनको व्यक्तिगत स्कोर बनाउँदै आर्यमान सुनिलको बलमा फाइन लेगको दिशामा क्याच आउट भए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका प्रनित थापा अंश भार्गभको बलमा ८ रन जोड्दै कट बिहाइन्ड भए।
पछिल्ला खेलमा ओपनरको भूमिका निर्वाह गरेका आसिफ शेख ३ रनमा बोल्ड भए। टोलीको योगफल ३९ रन छंदा उनि आहान गोपीनाथले फ्याँकेको १२औं ओभरमा बोल्ड भएका थिए। २०औं ओभरमा सन्दिप सुनार पनि आहानकै बलमा कट बिहाइन्ड भए। उनले ५५ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतले २६ रन जोडेका थिए। रोहित कुमार पौडेल १५ रन जोड्दै कभरको दिशामा क्याच आउट भएका थिए भने पवन शर्राफ पनि २ रनमा पेभेलियन फर्किए। कप्तान सन्दिप ५ रन जोड्दै रन आउट भएका थिए।
सिंगापुरका लागि विश्वासरेले ३ विकेट लिए भने आहान र आर्यमानको नाममा २/२ विकेट रह्यो। अंश भार्गभ र रोहनले पनि १/१ विकेट बाँडे।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]