default_image

9 years ago

November 18, 2015

पपुवा न्युगिनीसँग नेपाल पुन: पराजित

124 views

0 Bookmark

मंसिर २, २०७२

विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्‍यो।

Nepal Cricket Team vs Oman (1)

पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे।

नेपालका सोमपाल कामीले ३, बसन्त रेग्मीले २ तथा शक्ति गौचन र सागर पुनले १-१ विकेट लिए।

December 12, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेईङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश […]

December 12, 2024

पोखरासँग विराटनगर सुपर ओभरमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । […]

December 12, 2024

विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो सुपर ओभरमा गएको छ ।बिहीवारको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको हो । विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । […]

Success

Thank you for your time.