8 years ago
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ ।
सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा आइतबार भएको खेलमा सिंहालेस क्रिकेट क्लबसँग १० विकेटले पराजित भएपछि नेपाली खलाडी सम्मिलित टोली उप विजेतामा समिति भएको छ । पारस महबुस सम्मिलित सिंगापुर इमिर्जिङ यसअघि समूह चरणको पहिलो खेलमा पनि सिंहालेससँग नै पराजित भएको थियो ।
सिंगापुर इमर्जिङले दिएको १ सय ३१ रनको लक्ष्य सिंहालेसले विना विकेटको क्षति ८.५ ओभरमा पुरा ग¥यो । सिंहालेसका लागि मिनोद बानुका र एमडी सानकाले अविजित इनिङ्स खेले । बानुकाले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ६ चौका र ४ छक्काको मद्दतमा अविजित ५७ रन बनाए । यस्तै एमडी सानकाले २८ बलमा ८ चौका र ३ छक्काको मद्दतमा अविजित ६७ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सिंगापुर इमर्जिङले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो । टोलीका लागि चेतन सूर्यवंशीले सर्वाधिक ४३ रन बनाए । चामिण्डा रुवन र अखिल बालाचन्द्रले समान २२ रन जोडे । मेहबुव १४ रनमा अविजित रहे ।
अन्य ब्याट्सम्यान भने सिंहालेसको कसिलो बलिङसामु निरिह देखियो । सिंहालेसका अख्तर केडर र रमेश मेण्डिसले समान ३–३ विकेट लिए । सेन्नानायकले २ तथा जेफ्रे भानडारसेले एक विकेट लिए ।
त्यसअघि आइतबार भएको खेलमा नेपाली टोलीका कप्तान पारसको अलराउन्डर प्रदर्शन मद्दतमा सिंगापुर इमिर्जिङले मद्रास क्रिकेट क्लबलाई ६ विकेट पराजित गरेको थियो । पारसले ३६ बलमा २० रन बनाउँनुका साथै ४ ओभर बलिङ गरेर १ विकेट लिएका थिए ।
सिंगापुर इमर्जिङले मद्रास क्रिकेट क्लबलाई तथा सिंहालेसले सिड्नी क्रिकेट क्लबलाई हराउँदै फाइनल भेट पक्का गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]