default_image

10 years ago

November 24, 2015

पुबुदुसंग नेपाल छाड्नुअघिको वार्तालाप [प्रश्नोत्तर]

224 views

0 Bookmark

२०११ बाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सम्हालेका पुबुदु दासानायके चार वर्षको बसाईंपछि बिट मार्दैछन्| चार वर्षको अन्तरालमा डिभिजन एकमा पुग्यो र नेपालले टि-२० विश्वकपमा पनि सहभागिता जनायो| राजिनामा दिएर पपुआ न्यु गिनिसंगको खेलपछि आफ्नो कार्यभार छोडेका पुबुदुसंग ‘द हिमालयन टाइम्सका’ स्पोर्टस चिफ महेश आचार्यले  गरेको कुराकानी सोहि पत्रिकाबाट नेपालीमा अनुवाद गरेका छौं|

नेपाल क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके

नेपाल क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके

• नेपाललाई रोज्नुको कारण के हो?
भारतले २०११मा आयोजना गरेको विश्वकपमा म क्यानडाको प्रशिक्षक थिएँ| त्यसैबेला मलाई क्यानका अध्यक्ष विनयराज पाण्डेको इमेल आयो| मेरो क्यानडा छोडिने कुनै मनसाय थिएन तर नेपाली टिमको बारेमा बुझ्दै जाँदा मैले यो टिममा केहि गर्न सक्छु जस्तो लाग्यो| मलाई आफुलाई प्रमाणित गर्न एउटा अवसर चाहिएको थियो र सो समयमा मैले क्यानडा छोडेर नेपाल आएको निर्णय सहि सावित भएको छ|

• तपाईंको मुख्य लक्ष्य के थियो?
म सुरुमा छ महिनाको लागि आएको थिएँ| सो समयमा एसीसी टि२० कपमा राम्रो गर्नु मेरो लक्षय थियो| तर अझ समय पाएको खण्डमा नेपाललाई विश्कपसम्म पुर्याउने र नेपाल विश्व क्रिकेट लिगको डिभिजन-१ पुग्ने पनि प्रण गरेको थिएँ|

• चार वर्षको बसाईंलाई कसरी हेर्नुहुन्छ?
व्यक्तिगत रुपमा भन्नुपर्दा मेरो वसाईं एकदम यादगार रह्यो, टोलीसंग बिताएको समय र यहाँको क्रिकेट संस्कृति एकदमै अवविस्मरणिय रहनेछ| डिभिजन चार बाट एक सम्मको यात्रा, युएई र अफगानिस्तान जस्ता टोलीलाई परास्त गर्दै एसीसी इलाइट डिभिजन विजय र प्रत्यक खेलाडीको सुधार क्रम देखेर एकदमै खुसी छु|

Nepal Cricket Team vs Oman (5)

• अहिलेको टोलीको अवस्थाबारे के भन्नुहुन्छ?
मानसिक सन्तुलन खेलको अभिन्न पाटो हो| अहिलेका खेलाडीमा यसको विकास भरपुर छ र उनिहरु डिभिजन एक पुग्ने मात्र नभएर पुन: विश्वकप खेल्नेमा पनि विश्वस्त छन्|

• क्रिकेटको विकासमा विवादले कति असर पार्यो?
तल्लो डिभिजनमा हुँदा देखिनै खेलाडीहरुले आर्थिक रुपमा केकस्तो लाभ पाउँछन् भन्ने थियो| पछिल्लो तिन वर्षमा माथि चढ्दै आउँदा पनि सोहि अनुसार सुविधा र व्यवस्थापन हुन सकेको छैन| खेलाडीहरुलाई उचित सुविधा प्रदान गरेसंगै राम्रो विकास हुने र उनिहरुले अन्य मौका पनि पाउँछन् तर यो सब सम्भव हुन सकेन|

• खेलाडीहरुसंगको अविस्मरणिय क्षण?
यस्ता क्षण त धेरै छन् तर एउटा यस्तो घटना छ जुन म आउने दिनमा पनि अरुलाई हौसला प्रदान गर्न उदाहरणको रुपमा प्रयोग गर्न सक्छु|  शरद (भेष्वाकर) र शक्ति गौचन विश्वकप छनौट २०१२को क्याम्पमा थिए|  मैले दुवेलाई बोलाएर उनिहरु ५० ओभरको खेलमा एकदम राम्रा भएकाले त्यसैमा ध्यान दिन भने| तर भोलिपल्टनै उनिहरुले मलाई टि२०को लागि झनै मिहेनत गर्ने प्रण गरे| उनिहरुको आत्मविश्वास र लगाव देखेर म एकदम प्रभावित भएँ| विश्वकप र छनोट दुवै हेर्ने हो भने शरद हाम्रो टोलीको उत्कृष्ट ब्याटस्म्या थियो भने शक्तिको प्रदर्शन पनि उच्च दर्जाको थियो|

• प्रशिक्षकको रुपमा सबैभन्दा खुशीलाग्दो/सन्तोषजनक क्षण?
विश्वकपमा छनोट हुँदा एकदम सन्तुष्टि भएको थियो तर टोलीले जितेको हरेक खेल र प्रतियोगिता विशेष छ| बर्मुडामा भएको डिभिजन-३ भने  अविष्मरणिय रहनेछ| सुरुवाती दुई खेल हारेपछि क्रिकेटमा भविष्य नभएको टिप्पणी पनि सुनियो| तर अन्तिम समयमा वर्मुडाले अमेरिकालाई पराजित गरेपछि माहोल अर्कै थियो| सम्पुर्ण टोली पुन: जोशका साथ एकतृत भयौं र प्रतियोगिती जितेपछि हर्षविभोर हुँदै ‘रातो र चन्द्र सुर्य…’ गाएको जिन्दगीभर विर्सने छैन|

IMG_2476

• निराशाजनक क्षण?
त्यस्ता क्षण त धेरै छन् तर सुरुवाततिर खेलाडीहरुले मिहेनत गर्दा पनि आर्थिक रुपमा सहयोग नपाउँदा साह्रै दु:ख लाग्यो| परिवारलाई सम्हाल्नुपर्ने बाध्याता र त्यसमाथि भविष्यको चिन्ता त छदैं छ| यस्तो अवस्थामा आर्थिक रुपमा सहयोगको एकदम खाँचो हुन्छ| टोलीको त्यो पाटो दयनिय थियो र अझै त्यो पुर्णरुपमा सुल्झिएको छैन| व्यवस्थापन पक्षबाट सिर्जित अन्य नकारात्मक वातावरण पनि निराशाजनक रह्यो|

• मन्त्रालयबाट नियुक्ति पाएपछि क्यानसंग कस्तो सम्बन्ध रह्यो?
मेरो तर्फबाट कुनै समस्या छैन किनकि मेरो काम नेपालको क्रिकेट विकास गर्नु थियो र यस दौरान मेरो कसैसंग व्यक्तिगत रिस रहेन| सायद क्रिकेटर राष्ट्रिय टिमको उन्नतिको पछि हरदम लागिपर्नु मेरो गल्ति भयो| यसबाहेक मलाई सहयोग गर्ने हात पनि थुप्रै छन्| म राम्रा यादहरु मात्र लिएर जानेछु|

• नेपाली क्रिकेटलाई विच बाटोमै छाडेर गएको जस्तो अनुभुति भएको छैन?
त्यो व्यक्तिगत रायमा भर पर्ने कुरा हो| तर यदि मैले प्रदर्शन गर्न सक्दिन भने म बस्नुको कुनै औचित्य रहन्न| खेलाडीको प्रदर्शनलाई बढावा दिन धेरै पक्षको भुमिका हुन्छ र मसंग ति सबै हासिल गर्ने शक्ति थिएन| यदि हामीसंग सो पक्षहरु पाउने वातावरण रहन्छ भने म नेपालले चाहेको खण्डमा खुशीसाथ फर्किन तयार छु| खेलाडीहरुले एकदमै मिहेनत गरेका छन् तर व्यवस्थापनको राम्रो साथ र उचित वातावरण बनेन भने टोलीलाई लिगमा एकदम मुश्किल हुनेछ|

• राजिनामा दिनुको रहस्य?
यसको पछाडी दुई कारण छन्| एक त मेरो व्यक्तिगत- मलाई आफ्नो परिवार संग रहनु छ| र अर्को भनेको प्रदर्शन- म यदि टोलीको प्रशिक्षण गरिरहें भने पुन: विश्वकप पुर्याउनु पर्छ र अहिलेको अवस्थामा त्यो सम्भव छैन| त्यसका लागि हामीले धेरै परिवर्तन गर्नुपर्छ र त्यसको सुरुवातसम्म भएको छैन|

• के तपाईंलाई लक्ष्य प्राप्त गरेंजस्तो लाग्छ?
मेरो लक्ष्य नेपालले एकदिवसीय खेलेको हेर्नु थियो| तर डिभिजन एकमा भएपनि हामीसंग त्यो खेल्ने वातावरण छैन| यदि नेपाल एकदिवसीय खेल्ने टोली भएपनि खेलाडीहरुलाई गाह्रो पर्छ| नेपालले गर्ने तयारी र अन्य पाटो परिवर्तन गरे मात्रै अगाडी बढ्न सकिन्छ| अहिले नेपालको यस्तो दोबाटोमा छ जहाँ परिवर्तनले टोलीसाई माथि चढाउनेछ र यसो नभएको खण्डमा नेपाल लिगको पुछारमा पुग्नेछ|

Pubudu

• तपाईंको फर्केर आउने सम्भावनी कति छ?
मेरो हृदय नेपालसंगै रहनेछ| कसैले म पैसाको पछि लागेर आएको भन्ला तर मैले कहिल्यै मेरो तलबबारे प्रश्न गरिंन| मेरो एकमात्र लक्ष्य भनेको नेपाली क्रिकेटको विकास र राम्रो प्रदर्शन गर्नु थियो| अब क्यानको चुनाव हुँदैछ र नयाँ कार्यसमितिको चयन हुनेछ| अब उक्त नवनिर्वाचित समितिले मलाई चाहने-नचाहने उनिहरुको विचार हो|

• समर्थकहरुको लागि सन्देश?
हामीले केहि खेल हारेकोमा समर्थकहरु अवश्य पनि निराश हुनुहुन्छ| तर नेपालले मैदानमा आफुभन्दा निकै उच्च स्तरका प्रतिद्वन्दिको सामना गर्दै आएको छ| हामीले सुधारिएको प्रदर्शन त गर्यौं तर हाम्रा प्रतिद्वन्दि हामी भन्दा धेरै अगाडी बढिसके| म समर्थकमाझ टोलीमाथि विश्वास गर्न आग्रह गर्दछु र टोली एकपटक यो स्तरमा सम्हालिएपछि पुन: राम्रो प्रदर्शन गर्न सक्षम हुनेछ| यो टोलीले फेरि विश्वकप खेल्नेछ र एकदिन एकदिवसीय राष्ट्रोको रुपमा आफुलाई उभ्याउनेछ| मलाई आशा छ समर्थकहरुले त्यतिन्जेलसम्म टोलीलाई साथ दिइरहनुहुनेछ|

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.