8 years ago
August 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा अर्को हुने एसीसी यू–१९ एसिया कप छनोटको तयारीमा रहेको नेपाली युवा क्रिकेट टोलीको ब्याटिङ सुधार गर्न ब्याटिङ प्रशिक्षण मोन्टी देशाई नेपाल आइपुगेका छन् ।
गत महिना सिंगापुरमा आयोजना भएको यू–१९ विश्वकप छनोटमा नेपाली टोलीले खराब ब्याटिङ गरेपछि नेपालले ब्याटिङ प्रशिक्षक देशाइलाई बोलाएको हो । सोही निमन्त्रणालाई स्वीकार गर्दै देशाई नेपाली टोलीलाई थप प्रशिक्षण दिन मंगलबार नेपाल आइपुगेका हुन् ।
देशाईले नेपाली टोलीलाई मलेसिया जानु अघिसम्म ब्याटिङ प्रशिक्षण दिने बताइएको छ । देशाईले यसअघि नेपाली राष्ट्रिय टोलीलाई सन् २०१५ मा आयरल्यान्डमा आयोजना भएको टि–ट्वान्टी विश्वकप छनोट र विश्व क्रिकेट लिगअन्तर्गत आयरल्याण्डसँगको खेलअघिसम्म प्रशिक्षण दिएका थिए ।
एसीसी यू–१९ छनोट खेल मलेसियामा आगामी सेप्टेम्बरको ८ देखि १७ तारिखसम्म हुनेछ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान रहेको छ ।
त्यस्तै समूह ‘बी’ मा मलेसिया, हङकङ र म्यानमार छन् । । फाइनलमा पुग्ने दुई टोलि एसिया कपको लागि छनोट हुनेछन् । नेपालले छनोटको लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा आइतबार गरेका थियो ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]