8 years ago
August 30, 2017
कराँची (एजेन्सी)– पाकिस्तानका ब्याट्सम्यान शर्जील खानलाई स्पट फिक्सिङको आरोपमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले ५ वर्ष प्रतिबन्ध लगाएको छ ।

पाकिस्तान सुपर लिगमा लामो समयदेखि अनुसन्धान गर्दै गरेको बोर्डले सर्जीललाई २ वर्ष ६ महिना कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने निर्देशन दिएको छ । त्यस्तै बाँकीको समय पिसीबिले उनीमाथि नजिकबाट निगरानी गर्नेछ । शर्जीलले पाकिस्तानकालागि एक टेस्ट , २५ एक दिवसीय र टि ट्वान्टी खेलेका छन् ।
पाकिस्तान अल राउन्डर मोहम्मद नवाव र फास्ट बलर मोहम्मद इर्फानविरुद्ध अनुसन्धान भएपनि उनीहरु विरुद्ध कुनै प्रमाण नभेटिएपछि उनीहरुले सफाई पाएका छन् । क्रिकेटमा स्पट फिक्सिङ अन्तर्गत खेलाडी पूर्ण खेलको नतिजामा नभई खेलको केही अंशमा प्रभाव पर्दछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]