10 years ago
December 2, 2015
मंसिर १६, २०७२- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले इंगल्याण्डका कप्तान एलिष्टर कुकको नेतृत्वमा वर्ष टेष्ट टिम घोषणा गरेको छ|
चौथोपल्ट टेष्ट टोलीमा पर्न सफल रहेका कुक सर्वाधिक रन बनाउने लिष्टको शिर्ष स्थानमा छन्। दोस्रोपल्ट कप्तानीको अवसर पाएका कुक संगै इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जो रुट पनि टिममा सामेल छन्| इंग्ल्यान्डका तिन खेलाडी संगै अष्ट्रेलियाका टेष्ट कप्तान स्टीभ स्मिथ र उपकप्तान डेभिड वार्नर र बलर जश हेजलवुड पनि टोलीमा अटाएका छन्| भारतका कोहि खेलाडी टिममा नपरेको अवस्थामा पाकिस्तानका तिन खेलाडी युनिस खान, सरफराज अहमद र यासिर शाहले टोलीमा स्थान बनाएका छन्| फर्ममा रहको न्युजिलान्डका ट्रेन्ट बोल्ट र केन विलिअम्सन पनि टिममा परेका छन् । यस्तै १२औं खेलाडी भारतका रविचन्द्रन आश्विन छन् ।
वान डे वर्ष टोलीमा भने दक्षिण अफ्रिकाका एबी डे भिल्लिएर्स कप्तान छनोट भएका छन् भने उनकै समकक्षी हसिम अमला र इमरान ताहिर टोलीमा समावेश भएका छन्| भारतका तर्फबाट मोहमद शामीले टोलीमा स्थान बनाएका छन् भने बंगलादेशक मुस्ताफिजुर रहमानपनि टोलीमा अटाएका छन्| टेष्ट टोलीमा पनि स्थान बनाएका अष्ट्रेलियाली स्टिभ स्मिथ र न्युजिल्यान्डका ट्रेन्ट बोल्ट वान डे टोलीमा पनि रहेका छन्| भर्खरै मात्र सन्यास लिएका श्रीलंकाका कुमार संगकारासंगै न्युजिल्यान्ड़का रस टेलर र फर्ममा रहेका अष्ट्रेलियाका तेज बलर मिचेल स्टार्क पनि टोलीमा छन्| १२औं खेलाडीका रुपमा इंग्ल्यान्डका जो रुटलाई राखिएको छ|
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]