default_image

8 years ago

September 11, 2017

थाईल्याण्ड २६ रनमा सिमित , सन्दिप एक्लैको नाममा ७ विकेट

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट (पूर्व) क्षेत्रको पहिलो खेलमा थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

sandip

मलेसियास्थित क्लब अमानमा टस जितेर पहिले बलिङ्ग रोजेको थाइल्याण्ड २ सय ८२ रनको लक्ष पछ्याउने क्रममा २६ रनमा सिमित भयो । सन्दिप लामिछानेले नेपालका लागि ७ विकेट लिए । ४ ओभर गर्दै उनले १ मेडेनका साथ ६ रन खर्चिदै ७ विकेट लिएका हुन् । त्यस्तै किशोर महतो , नन्दन यादव र कप्तान दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । थाईल्याण्डका ४ ब्याट्सम्यानले खाता खोल्न सकेनन भने कसैले पनि दोहोरो अंक जोड्न सकेनन ।

त्यसअघि पहिले ब्याटिंग गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । अनिल कुमार शाहले सर्वाधिक ९१ रन बनाएका थिए । अनिलले ७४ बलको सामना गर्दै ६ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै प्रानित थापा मगरले ५० रन बनाए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.