8 years ago
September 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल बुधबार दोस्रो सहज जितको खोजीमा हुनेछ । पहिलो खेलमा तुलानात्मक रुपमा भुटान भन्दा बलियो टोली थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै नेपालले प्रतियोगितामा दमदार सुरुआत गरिसकेको छ ।
भुटानलाई हराउने वित्तिकै नेपालको अघिल्लो चरण यात्रा लगभग पक्का हुनेछ । फाइनल पुग्ने दुई टोली यू १९ एसिया कपको लागि छनोट हुनेछ । यो नेपालको सुरुआत मात्र हो, लक्ष्य एसिया कप पुग्नु रहेको टोलीले स्वदेश छाड्ने बेलामा टोलीलेको प्रतिबद्धता थियो ।
पहिलो पटक टोलीको कप्तानी गरिरहेका दीपेन्द्र सिंह ऐरीले पनि भुटानलाई हराउन कठिन हुने बताएका छन् । ‘ हामी सबैले आफ्नो जिम्मेवारी पुरा गर्यौं भने उपाधि जित्न कठिन छैन,’ उनले भने,‘ हामी यो प्रतियोगिताबाट पनि अगाडी जान चाहन्छौं । भुटान कठिन प्रतिद्वन्द्वि होइन । तर हामीले हरेक टोलीलाई सम्मान दिनुपर्दछ । ’दीपेन्द्रले समूह चरणको विजेताका रुपमा अघि बढ्ने लक्ष्य रहेको तर, त्यहाँ पानीले पनि खेलको नतिजामा असर पर्ने सक्ने अनुमान गरे ।
युवा टोलीका प्रशिक्षक विनोद दासले हरेक खेलमा ब्याटिङमा सुधार हुनुपर्नेमा जोड दिएका छन् । । ‘हामी हरेक खेलमा सुधार गर्दै अघि बढ्ने योजनामा छौं । त्यसका लागि भुटानले जति टक्कर दियो हामीले त्यति खुसी हुनेछौं,’ उनले भने,‘ हाम्रो लक्ष्य च्याम्पियन बनेर फर्कने हो । त्यसका लागि हरेक खेल जित्दै जानु पर्दछ ।’प्रतियोगितामा भुटानको सुरुआत भने हारबाट भएको थियो । टोली सिंगापुर सँग ९ विकेटले पराजित भएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]