8 years ago
September 17, 2017
चेन्नई (एजेन्सी)– भारतले पहिलो एक दिवसिय क्रिकेटमा आज अस्ट्रेलियालाई २६ रनले हराएको छ । वर्षाका कारण ओभर घटाइएको खेलमा अस्ट्रेलियाले २१ ओभरमा १ सय ६४ रनको लक्ष्य पाएको थियो ।
भ्रमणकारी टोलीले २१ ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेपछि टोलीले हार बेहोरर्नु पर्यो । टोलीका डेभिड वार्नरले २५, ग्लेन म्याक्सवेलले १८ बलमा ३९ रन र जेम्स फक्नरको ३२ रन बनाएका थिए । ् भारतका लागि युजभेन्द्र चाहालले ३ विकेट लिए । कुलदिप यादव र हार्दिक पान्डेयाले समान २ तथा भुवनेश्वर कुमार र र जस्प्रित बुम्राहले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले भारतले ११ रनमा ३ विकेट महत्वपूर्ण विकेट गुमाएको थियो । तर पूर्व कप्तान महेन्द्र सिंह धोनी र हार्दिक पान्डेयाको इनिङ्स सम्हालेपछि भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन सम्मानजनक योगफल तयार पारेको थियो ।
धर्यपूर्वक ब्याटिङ धोनीले ८८ बलमा ७९ रन बनाए । पान्डेयाले बिष्फोटक ब्याटिङ गर्दै ६६ बलमा ८३ रन बनाए । त्यस्तै केदार जादवले ४० र भुवनेश्वर कुमारले वोर कुमारले ३२ रन जोडे । अस्ट्रेलियाका लागि नाथन कट्लरले ३ , मार्कस स्टोइनेसले २ तथा जेम्स फक्नर र एडम जाम्पाले समान १ विकेट लिए ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]