default_image

8 years ago

October 9, 2017

केन्याले नेदरल्याण्ड्सलाई हरायो , नेपालमाथि थप दबाब

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । नेदरल्याण्ड्सले दिएको २ सय २५ रनको लक्ष्य केन्याले ३ बल बाँकी रहँदा ८ विकेट गुमाएर पुरा गरेको हो । जितसँगै केन्या १२ अंक सहित चौथो स्थानमा उक्लेको छ । शिर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको भने प्रतियोगितामा यो दोस्रो हार हो । यसघि नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो ।

Kenya

आइतबार केन्याको राजधानी नाइरोबीमा  भएको खेलमा टस हार्दै पहिले ब्याटिङ गरेको डच टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । डब्लू बारेसीले ६९ रन बनाए भने एसजे माइबर्ग ५० रन बनाउँदै आउट भएका थिए । त्यस्तै रिपोनले ५१ रन जोडेका थिए । केन्याका शेम गोचेले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट हात पारे ।

जवाफमा डीएम गोन्दरियाको ६३ रन र सीओ ओबुयाले ५६ रनको पारीको मद्धतले केन्याले २ विकेटको जित हात पार्यो । केन्या १२ खेलबाट १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १८, दोस्रो स्थानका पवुवा न्यूगिनीको १६ र तेस्रो स्थानको स्कटल्याण्डको १५ अंक छ ।

१० खेल खेलेका हंगकंग र नेपालको क्रमशः ११ र ८ अंक छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.