8 years ago
October 9, 2017
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको भविष्य हङकङसँगको दुई खेलमा जोडिएको बताएका छन् ।
सोमबार बिदाई पछि प्रशिक्षक टमाटाले हङकङविरुद्धको दुई खेल नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको भन्ने सबैलाई थाहा रहेको र यही दुई खेलमा खेलाडीको करियर जोडिएको बताएका हुन् । ‘हामीले दुई महत्वपूर्ण खेलका लागि एक महिनाको प्रशिक्षण गरेका छौं ।
हङकङविरुद्धको खेलको लागि टिमलाई कुनै दबाव छैन ।’ प्रशिक्षक टमाटाले भने, ‘सानो मैदान भएकाले कन्डिसन फरक रहेकाले त्यसलाई दुई दिनको प्रशिक्षणले पूरा गर्नेछौं । हङकङमा खेल्नको लागि एबीसी प्लानिङ रहेको र राम्रो भन्दा राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौं ।’ यस्तै प्रशिक्षक टमाटाले दुवै टिमलाई आ–आफ्नो कमी कमजोरी थाहा रहेकाले नतिजा आफ्नै पक्षमा आउनेमा विश्वस्त रहेको बताए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]