default_image

8 years ago

October 13, 2017

 हङकङ विरुद्ध नेपाललाई १ सय ९५ को लक्ष्य

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाली टोलीले १ सय ९५ रनको लक्ष्य पाएको छ । इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएको हङकङले १ सय ९४ रन जोडेको हो ।  

Nepal Cricket Team Paras

फाइल तस्विर

 

ओपनर जेमी एटकिन्सनले हङकङका लागि सर्वाधिक ७६ रन बनाएका थिए । उनले १ सय १७ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । नवौं ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका तनवीर अफ्जलले हङकङको पछिल्लो पारी सम्हालेका थिए । उनले ३ छक्का र ३ चौका प्रहार गर्दै  ३८ रन बनाए ।  १ सय १९ रनमा ७ विकेट  गुमाएको हङकङका पछिल्लो क्रमको ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक स्कोर बनाएका थिए ।

नेपालका लागि सन्दिप लामिछानेले ३ तथा करण केसी र वसन्त रेग्मीले समान २ विकेट लिए भने सुसन भारीले १ विकेट लिए ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.