8 years ago
October 13, 2017
दिल्ली (एजेन्सी) – भारतीय भेट्रान क्रिकेटर आशिष नेहेराले नोभेम्वरमा न्युजिल्याण्डसँगको पहिलो टी–२० खेलपछि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् ।
चोटसँग लामो समय जुधका ३८ वर्षीय बायाँ हाते फास्ट बलर नेहेराले न्युजिल्याण्डसँगको पहिलो टि–२० प्रतियोगितासँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् । भारतले नोभेम्वरमा न्युजिल्यान्डसँग तीन एकदिवसीय र ३ खेलको टि–ट्वान्टी सिरिज खेल्नेछन् । पछिल्लो समय भारतीय टोलीबाट बाहिर रहँदै आएका नेहेराको सन्यासबारे भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले समेत पुष्टि गरेको छ । ‘नेहेराले नोभेम्बरपछि सन्यास लिने बताएका छन् । उनले प्रशिक्षक रभी शास्त्री र कप्तान विराट कोहलीलाई सन्यासबारे जानकारी गराइसकेका बिसीसीआईका पदाधिकारीको भनाईलाई उद्दृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेका छन् ।
सन् १९९० बाट क्रिकेट खेल्न शुरु गरेका नेहेराा पछिल्लो समय चोटबाट गुज्रिरहेका रहेका थिए । सन् १९९९ मा कोलोम्बोमा श्रीलंकाविरुद्ध खेल्दै भारतीय टोलीमा डेब्यु गरेका नेहेराले पछिल्लो पटक सन् २०१६ मा भारतीय टिममा पुनरागमन गरेका थिए । ३८ बर्षिय नेहेराले भारतबाट १७ टेष्ट, १२० एकदिवसीय र २६ टि ट्वान्टी क्रिकेट खेलेका छन् । नेहेरा भारतले सन् २०११ मा विश्वकप जित्दाको सदस्य तथा सन् २०१६ को टि–२० विश्वकपमा सेमिफाइनलमा पुग्दाका महत्वपूर्ण सदस्य समेत हुन् ।
नेहेराले घरेलु क्रिकेटको रुपमा आइपिएलको पुने वारियर्स, दिल्ली डेयरडेबिल्स्, चेन्नई सुपरकिङ्स र सनराइजर्स हैदरावादबाट खेलिसकेका थिए । यो संस्करणमा भने नेहेराले कुनै आइपिएल टिमबाट खेलेनन् ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]