8 years ago
October 14, 2017
अकल्याण्ड (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग गराउने निर्णय गरेको छ ।
अकल्याण्डमा सम्पन्न गभर्निङ बडीको बैठकले टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग गराउने निर्णय गरेको हो । तर, यो प्रस्तावमा अन्तिम निर्णय हुन बाँकी छ । यो सन् २०१९ को एकदिवसीय विश्वकप पछि टेष्ट बरियताका शीर्ष ९ टोलीले दुई वर्षसम्म अर्थात अप्रिल २०२१ सम्म होम एण्ड अबेका आधारमा टेष्ट विश्व च्याम्पियनसिपमा खेल्नेछन् ।
प्रतियोगिताको शीर्ष दुई टोलीले च्याम्पियनसिपको फाइनल खेल्नेछ । सिरिजमा कम्तिमा २ देखि बढीमा ५ टेष्ट म्याच सामेल हुनेछ । त्यसैगरी एकदिवसीय लिग बरियताअनुसार १३ टोलीले खेल्नेछन् । यो सिरिज सन् सन् २०२१ बाट शुरु हुनेछ ।
सिरिज दुई वर्षको हुनेछ । ०२३ को एकदिवसीय विश्वकपपछि सिरिजलाई तीन वर्षमा विस्तार गरिनेछ । यसबीचमा प्रत्येक टोलीले आठ सिरिज खेल्नेछन् । प्रत्येक सिरिजमा बढीमा तीन खेल हुनुपर्नेछ ।
यस्तै आइसीसीले टेष्ट खेलहरु चार दिनको गराउने प्रस्ताव अघि सारेको छ । यो सबै इंग्ल्याण्डमा हुने विश्वकपपछि मात्रै लागु हुनेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]