default_image

8 years ago

October 16, 2017

दक्षिण अफ्रिकाको जितमा डि कक र अमलाको कीर्तिमानी साझेदारी

161 views

0 Bookmark

किम्बर्ले (एजेन्सी)– क्विन्टन डि कक र हासिम अमलाले अविजित शतक बनाउने क्रममा कीर्तिमानी साझेदारी गरेपछि दक्षिण अफ्रिकाले पहिलो एक दिवसिय क्रिकेटमा बंगलादेशमाथि १० विकेटको जित हासिल गरेको छ ।

आइतबार टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षेतिमा २ सय ७८ रन बनाएको थियो । विना विकेटको क्षेति ४३ बल बाँकी हुँदा २ सय ८२ रन जोडदै दक्षिण अफ्रिकाले जित हासिल गरेको थियो । एक दिवसिय क्रिकेटमा १० विकेटले जित हासिल गरेको दक्षिण अफ्रिकाको यो सातौं खेल हो भने बंगलादेशविरुद्ध तेस्रो हो ।

यद्दपी, आइतबारको जित भने अहिले सम्मकै सबैभन्दा उच्च रन लक्ष्य पछ्याउँद्रै घरेलु टोली जित हासिल गरेको हो । आक्रामक ब्याटिङ गरेका डि ककले एक दिवसिय क्रिकेटमा १३ शतक पुरा गरे । १ सय ४५ बलमा उनी १ सय ६८ रनमा अविजित रहे । उनले २१ चौका र २ चौका प्रहार गरेका थिए ।

अमलाले २६ औं शतक पुरा गरे । १ सय १२ बल खेल्दै ८ चौका प्रहार गरेका अमलाले १ सय १० रन बनाए । डि कक र अमलाले गरेको २ सय ८२ रनको साझेदारी दक्षिण अफ्रिकाले अहिले सम्म एक दिवसिय क्रिकेटमा कुनै पनि विकेटका लागि गरेको कीर्तिमानी साझेदारी हो । त्यसअघि मुस्फिकर रहिमले शतक पुरा गरेपछि बंगलादेशले दक्षिण अफ्रिकाविरुद्ध अहिले सम्मकै उच्च स्कोर बनाएको थियो ।

दक्षिण अफ्रिकाविरुद्ध क्रिकेटको कुनै पनि प्रणालीमा शतक पुरा गरे रहिम पहिलो बंगलादेशी खेलाडी बनेका छन् । रहिमले १ सय १६ बलमा १ सय १० रन बनाएका थिए । दक्षिण अफ्रिकाका कागिसो राबाडाले ४ विकेट लिएका थिए । तीन एक दिवसिय श्रृखंलाको दोस्रो खेल बुधबार हुनेछ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.