default_image

6 years ago

November 7, 2017

युवा क्रिकेट टोली आज मलेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) –एसिया कप यू–१९ क्रिकेट प्रतियोगिताको लागि नेपाली युवा टोली आज मलेसिया प्रस्थान गर्दैछ । एसिया कपकै लागि बंगलादेश पुगेर तीन अभ्यास खेल खेलेर सोमबार नेपाल आइपुगेको युवा टोली आज राति १२ बजे मलेसिया प्रस्थान गर्ने टेक्निकल एनलिष्ट रमन शिवकोटीले बताए । एसिया कपमा कात्र्तिक २५ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –एसिया कप यू–१९ क्रिकेट प्रतियोगिताको लागि नेपाली युवा टोली आज मलेसिया प्रस्थान गर्दैछ ।


एसिया कपकै लागि बंगलादेश पुगेर तीन अभ्यास खेल खेलेर सोमबार नेपाल आइपुगेको युवा टोली आज राति १२ बजे मलेसिया प्रस्थान गर्ने टेक्निकल एनलिष्ट रमन शिवकोटीले बताए ।
एसिया कपमा कात्र्तिक २५ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिसया रहेको छ । नेपालको दोस्रो खेल कार्तिक २६ गते भारतसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल कार्तिक २८ गते नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । भारत तीन पटकको एसिया कप च्याम्पियन हो ।
गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियन बन्दै नेपाल यू–१९ एसिया कपका लागि छनोट भएको थियो । समूह ‘बी’ मा भने श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान छन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.