default_image

8 years ago

December 11, 2017

पृथु चितवन टाइगर्सका कप्तान नियुक्त

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (एपिएल) को सहभागी टोली चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तान नियुक्त गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालयको अन्तर्राष्ट्रिय मैदानमा अर्को साता सुरु हुने एपिएल टि ट्वान्टीका लागि चितवन टाइगर्सले सोमबार पत्रकार सम्मेलन गर्दै यू १९ का पूर्व कप्तान पृथुलाई आफ्नो कप्तानका रुपमा प्रस्तुत गरेको हो ।

यसअघि खेलाडीकै रुपमा अनुबन्ध गरिएका सुवास खकुरेललाई टोलीले व्यवस्तापकको जिम्मेवारी दिएको छ । हातको चोटका कारण उनले एपिएल खेल्न नसक्नेपनि सुवासलाई छोड्न नचाहेको टोलीका मालिक किशोर भट्टराईले बताए ।

भट्टराईले पत्रकार सम्मेलनमा भने,‘हामी सुवासलाई छोड्न चाहन्नौं , त्यसैले यो पटक व्यवस्थापकको जिम्मेवारी दिएका छौं । अर्को वर्ष पुनः खेलाडीका रुपमा टोलीमा रहेनछन् ।’ सुवासको ठाँउमा टोलीले अनिल मण्डललाई राखिने टोलीले यसअघि नै सर्वाजनिक गरिसकेको छ ।

यू १९ कप्तान दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको टाइगर्समा दीलिपनाथ र ललितसिंह भण्डारीलगायतका खेलाडी रहेका छन् । टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य दीपेन्द्र चौधरी र कलाम अली रहेका छन् ।

प्रशिक्षक अलीले टोली सन्तुलित रहेको र कडा चुनौति दिन प्रयास गर्ने बताएका छन् । मालिक भट्टराईले टोलीको तयारी सुरु गरिसकेको पनि जानकारी गराए । आउँदो सोमबारदेखि सुरु हुने एपिएलमा ६ टोलीको सहभागिता रहनेछ ।

चितवन टाइगर्सले सबै खेलाडीको १ वर्षका लागि मेडिकल इन्स्योरेन्स पनि गरेको छ ।  ५० हजार बराबरको मेडिकल र १ लाख बराबरको खेलको दौरानमा हुने घटनाको इन्स्योरेन्स गरेको हो । चितवन टाइगर्सको अप्रेसन हेडमा दीपक कार्की छन् । पूर्व फुटबल खेलाडी दीपक आईडीएस ग्रुपमा आवद्ध हुनुहुन्छ । आईडीएस ग्रुप अन्तर्गतको चितवन टाइगर्स हो ।

लायन्स क्लब इन्टरनेश्नल एमडी ३२५, नेपालसँग चितवन टाइगर्स सोसल पार्टनर रहेको छ । यस अनुरुप हालै ह्विल चेयर क्रिकेट एसोसिएसन अन्तर्गत ह्विल चेयरका राष्ट्रिय खेलाडीलाई खेलकुद सामाग्री प्रदान गरेको थियो । साथै प्रतियोगिता पश्चात खेल सामाग्री पुनः वितरण गर्ने कार्यक्रम चितवन टाइगर्सको रहेको छ ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.