default_image

8 years ago

December 19, 2017

चितवन टाइगर्समाथि पोखराको १० विकेटको शानदार जित

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले १० विकेटको शानदार जित निकालेको छ । चितवन टाइगर्सले दिएको १ सय १४ रनको लक्ष्य पोखरा राइनोजले विना विकेट ओभरमा पुरा गर्यो ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

cricket CT vs BK

पोखराको शानदार जितमा ओपनर सुनिल धमला र इसरुल्लाहले अविजित इनिङ्स खेले । उनीहरुले पहिलो विकेटको लागि १ सय १६ रनको साझेदारी गरे । इसरुल्लाहले सर्वाधिक ६१ रनको नटआउट अर्धशतकीय योगदान दिए । उनले ५२ बलको सामना गर्दै ६ छक्का र १ चौका प्रहार गर्दै ६१ रन बनाए । यस्तै सुनिल धमलाले ३ चौका र २ छक्काको मद्दतमा ४६ रनमा नटआउट रहे । इसरुल्लाह नै प्रतियोगितामा अर्धशतक बनाउने पहिलो खेलाडी बने ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १३ रनको मध्यम स्कोर बनाएको हो । चितवनका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन बनाए । ३२ बल खेलेका कप्तान ऐरीले ६ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र इसरुल्लाहको बलमा सुनिल धमलाबाट क्याच आउट भए । अनिल मण्डल ३२ रनमा इसरुल्लाहबाट कट एण्ड बोल्ड भए । भीम सार्की ८, योगेन्द्रसिंक कार्की ७, सुनाम गौतम ७ रनमा आउट भए । ओपनर दीलिपनाथ ६ रनमा आउट भए । सवेज खान र ललित भण्डारीले खाता खोल्न सकेनन् ।

पोखरा राइनोजका इसरुल्लाहले सर्वाधिक ४ विकेट लिए । पाकिस्तानी इसरुल्लाहले ४ ओभर बलिङ गर्दै २२ रन खर्चदै महत्वपूर्ण ४ विकेट लिए । ताज वालीले ३ विकेट लिए । ताज वालीले २१ रन खर्चदै ३ विकेट लिएका हुन् । कप्तान शक्ति गौचन र विक्रम सोबले समान १ विकेट लिए ।

प्रतियोगिताको दोस्रो खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ । ललितपुरले सोमबार काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.