8 years ago
December 19, 2017
काठमाडौं(हाम्रो खेलकुद)- एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्सलाई १ सय ५१रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ५० रन बनाएको हो ।विराटनगरका लागि अनिल कुमार शाहले सर्वाभिक ४७ रनको योगदान दिए ।
३५ बल खेलेका अनिलले २ चौका र ३ छक्का प्रहार गरे । राष्ट्रिय टिमका समेत कप्तान रहेका कप्तान पारस खड्का ३८ रनमा आउट रहे । हङकङका कप्तान समेत रहेका बबर हायातले ३४ रन बनाए । २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । उनी सन्दिप लामिछानेको बलमा एलबिडब्लुको शिकार भए ।
अनिल कुमार शाह रनमा नटआउट रहे । उनीहरुले चौथो विकेटको लागि ७१ रनको साझेदारी गरे । अन्सुमान रथ १४ रनमा सन्दिप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । विराटनगरका ओपनर आशिफ शेख ४ रनमा आउट भए । ललितपुरका लागि सन्दिप लामिछाने २ विकेट लिए । सुवोध कुमार भाटी र योगेश नागरले समान १ विकेट लिए । ललितपुरले केही बेरमा ब्याटिङ थाल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]