8 years ago
January 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ‘टू’ को तयारीमा रहेको नेपाली टोलीले सोमबार पनि कीर्तिपुर स्थित त्रिवि मैदानमा प्रशिक्षण गरेको छ ।
सोमबारको प्रशिक्षणमा पनि यथार्थ जस्तै खेलको माहोल बनाउँदै बलरहरुले ब्याट्सम्यानहरुलाई तोकिएको कृत्रिम लक्ष्य पार गर्न रोक्नु पर्ने थियो । त्यस्तै ब्याट्सम्यानहरुले भने दिइएको लक्ष्य पुरा गर्नु पर्ने चुनौती लिएका थिए ।
सोमबारको प्रशिक्षणमा दिलिप नाथ र शरदले रवाफिलो ब्याटिंग गरे । नेपालको ब्याटिंगमा समस्या देखिँदै आए पनि शीर्ष क्रमका ब्याट्सम्यानहरु राम्रो लयमा देखिए । युवा फास्ट बलर किशोर महतोले ब्याट्सम्यानहरुलाई केही कठिन समय दिए पनि शरद र दिलिप सेट देखिए । त्यस्तै अर्का भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको प्रदर्शन पनि आजको प्रशिक्षणमा प्रसंशनीय रह्यो ।
तस्बिर : दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]