10 years ago
January 8, 2016
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दलगत भागभण्डा मिलाउँदै नेकपा एमाले निकट रमेश सिलवालको अध्यक्षमा नेपाल क्रिकेट संघ (क्यान) को पूर्नगठन गरेको छ ।
टंक आङबुहाङले अध्यक्षता गरेको कार्यकालको समाप्त भइसकेको दलिल पेश गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्टले सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको बताएका छन् । आङबुहाङ अध्यक्ष रहेको समितिका अधिकांश पदाधिकारी र सदस्यको सहभागितामा मंसिर २८ मा भएको निर्वाचनले चतुरबहादुर चन्दलाई अध्यक्षतमा निर्वाचित गरेको थियो । तर, त्यो निर्वाचनलाई मान्यता नरहेको भन्दै आएको राखेपले क्यानकी सिइओ भावना घिमिरेलाई सबै काम गर्ने गरि निर्देशन दिएको थियो ।
‘अब क्रिकेटको विकासले गति लिन्छ । क्यानको निर्वाचन भएको भन्नै पत्रपत्रिकामा आएको हो । तर त्यसलाई हामीले मान्यता दिएका छौं,’ राखेप सदस्य सचिव विष्टले भने,‘ अब यो तदर्थ समितिले तीन महिना भित्र जिल्ला हुँदै केन्द्रको निर्वाचन सम्पन्न गराउनेछ ।’ निर्वाचनको विवादसँग अब क्यानमा दोहोरो अस्तित्व देखिने खतरा बढेको छ ।
तर, विष्टले अब विवादको अन्त्य हुने आशा व्यक्त गरे । तदर्थ समितिमा एमाले संसद रविन्द्र अधिकारी,शैलेश कर्माचार्य र दीपक साउद उपाध्यक्ष छन् भने नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पवन अग्रवालले महासचिवको जिम्मेवारी पाएका छन् । त्यस्तै पूर्ण लामा सचिव, भरत केसी कोषाध्यक्ष रहेको समितिमा, एलबी क्षेत्री हरि शंकर शाह, रितु सिंह वैद्य,दिवाकर पौडेल, निर्वाण चौधरी, विनायक पोखरेल, सुरेशलाल श्रेष्ठ र रञ्जित तामाङ सदस्य छन् । केही व्यवसायिक घरानाका व्यक्तिहरुलाई समेटिएपनि समितिमा अधिकांश पार्टी प्रतिनिधि रहेका छन् । लामो समय खारिएका र अनुभवी व्यक्तीहरु समेटेर समिति बनाइएकोले अब नेपाली क्रिकेटले गति लिने सदस्य सचिव विष्टको विश्वास थियो । राजनीतिक हस्तक्षेप भएको भन्ने आरोपलाई घुमाउरो पारामा स्वीकारेका उनले भने,‘ तपाई यसलाई राजनीतिक हस्तक्षेप भन्न सक्नुहुन्छ । तर मुख्य पार्टीहरुको सहमतिमा यो बनेको छ ।’ क्रिकेट खेलाडीको सहमति छ त भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘उत्तम कर्माचार्यबाहेक सबै पूर्व कप्तानको यसलाई साथ छ ।’ चार बर्षअघि राखेपका तत्कालिन सदस्य सचिव युवराज लामाले आङबुहाङको अध्यक्षतामा क्यान पुर्नगठन गर्दै निर्वाचनको जिम्मेवारी तोकेका थिए ।
साधारण सभाले आङबुहाङको अध्यक्षतामा क्यान कार्यसमितिको चयन गरेको थियो । तर, यसपटक उनै आङबुहाङले क्यानको निर्वाचनमा भाग नलिन राजनीतिक हस्तक्षेपका लागि राखेप गुहारेका थिए । दुई बर्षअघि तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गठन गरेको तीन सदस्यीय समितिमा सिलवाल महासचिव थिए । विनयराज पाण्डे अध्यक्ष, श्रीहर्ष कोइराला उपाध्यक्ष र सिलवाल महासचिव रहेको समितिले काम भने गर्न पाएन । सर्वोच्चको आदेशमा आङबुहाङकै समितिले काम गरेको थियो । यसपटक पनि क्यानको विषय अदालत जाने सम्भावना छ । राखेपले पूर्नगठन गरे कानुनी लडाइ लड्ने यसअघि नै निर्वाचित क्यानका महासचिव अशोक प्याकुरेलले पत्रकार सम्मेलनमार्फत बताइसकेका थिए । सिलवालले क्यानमा उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]