default_image

6 years ago

February 23, 2018

‘क्यानाडासँगको जित सम्झदा अच्चम लाग्छ’-करण

41 views

0 Bookmark

अजुर्न कार्की
बागलुङ– नेपाली क्रिकेट टोली शनिबार जिम्बावेमा हुने एक दिवसिय क्रिकेट छनोटको यात्रामा निस्किदै छ । छनोटको खुड्किलोको रुपमा रहेको विश्व क्रिकेट लिग डिभिजन २ हालै नामिबियामा सम्पन्न भएको थियो । जहाँ समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडाको सामना गरेको थियो । त्यो खेलमा १ विकेटको जितपछि नेपालको जिम्बावे यात्रा पक्का भएको थियो ।

त्यो खेलका नायक थिए, करण केसी । उनले ब्याटिङमा देखाएको जादु र धर्यताले नेपाल डिभिजन २ बाट निराश हुन परेन । क्यानाडाविरुद्ध ३१ बल खेलेका करणले ४ चौकार ३ छक्काको मद्दतमा अविजित ४२ रन बनाएका थिए । उनै करण सम्मानका लागि हालै गृह जिल्ला बागलुङ आएका थिए । उनीसँग डिजिभन २ को प्रदर्शन तथा बागुलङ र नेपालको क्रिकेटका विषयमा गरिएको कुराकानी ।

१. क्यानडा विरुद्धको खेल कसरी सम्झनुहुन्छ ?
– मलाई पनि विश्वास लागेको छैन् त्यो खेलमा कसरी जितियो भन्ने । अहिले पनि सम्झदा अच्चम लाग्छ । क्रिकेटमा जे पनि हुन सक्छ भनेको सायद यस्तै कारणले होला ।

२. त्यो खेलमा नेपाललाई जिताएर विश्वकप छनोट खेलमा पु¥याउँदा कसलाई सम्झनु भयो ?
– त्यस्तो समयमा बाबा ममी भगवान नै सम्झने रहेछ । त्यसपछि टिमलाई सम्झे । सबै साथीहरु रोइसकेका थिए पछि खुसी लाग्यो ।

३. विदेश जानी भनेर नेपाल आएपछि अहिले राष्ट्रिय खेलाडी बन्नुभयो । यसरी घरमा ढाटेर अहिले देश र आफ्नो नाम अन्तराष्ट्रिय स्तरमा चिनाउँदा घर परिवारबाट बाबा आमाले के भन्नुहुन्छ ?
– अहिले बाबा ममि धेरै खुसी हुनुहुन्छ । क्रिकेटमा लागेर धेरै राम्रो गरिस् भन्नुहुन्छ । अझै राम्रो गर्न हौसला दिनुहुन्छ ।

४. तपाईको बलिङ केही कमजोर भएको मान्नुहुन्छ ?
– कमजोर भन्दा पनि अझै मेहेनत गर्नुपर्छ । अझै धेरै मेहेनत गरेर टिममा परिराख्न र टिमलाई सधै जित दिलाउनु मद्दत गर्नुपर्दछ भन्ने लाग्छ ।

५. अहिले नेपालको क्रिकेट र घरेलु क्रिकेटको अवस्था राम्रो छैन । आईसिसिले निलम्बन गरेको छ यो सबले नेपालको क्रिकेटको विकासमा बाधा पुगेको छ जस्तो लाग्छ की लाग्दैन ।
– हामी विश्वकप छनौट चरणमा प्रवेश गरेका छौं । अब राम्रो होला जस्तो लाग्छ । तर क्रिकेटको विकासको लागि क्यानको निलम्बन हटाइनुपर्छ । निलम्बन हटेपछि खेलाडीका लागि राम्रो हुन्छ भन्ने आशा गर्न सकिन्छ ।

६.नेपालको क्रिकेटको विकास गर्न के गर्नुपर्छ जस्तो लाग्छ ।
– देशभरी नै क्रिकेटको विकास बढाउनुपर्छ । अहिले क्रिकेट बढेको भनेको तराई र काठमाडौंमा हो जस्तो लाग्छ । अब सरकारले देशको सवै ठाउँमा स्टेडियम, एकेडेमि खोलेर भए पनि क्रिकेटको विकास गर्नुपर्छ ।

७. तपाई बागलुङका अन्य खेलाडीसँग पनि खेल खलिसक्नुभएको छ । यहाँका अन्य खेलाडीहरुको खेलस्तर कस्तो छ ?
– म धेरै पोखरा बस्छु अहिले । पोखरामा धेरै क्रिकेट खेलहरु हुनेछ गर्छन । त्यहाँ बागलुङका धेरै खेलाडीहरु गएर क्रिकेट खेल्ने गरेका छन् । त्यहाँ बागलुङले राम्रो खेल्ने गरेको र धेरै प्रतियोगिता जित्ने पनि गरेको छ । खेलाडी धेरै राम्रो छन् । बागलुङमा क्रिकेट धेरै हुँदैन । अब बागलुङमा धेरै प्रतियोगिता संचालन गरेर, एकेडेमी संचालन गरेर वा स्कुलमा सिकाएर खेलाडीहरुको क्षमतावृद्धि गर्नुपर्छ भन्ने लाग्छ । म पनि बागलुङ आइराख्छु मैले यहाँको क्रिकेट विकासको लागि र खेलाडीको लागि केही गर्न परेमा गर्न म तयार छु ।

८. के यहाँका अन्य खेलाडीहरु पनि राष्ट्रिय टिममा पर्न सक्छन् त ?
– धेरै अभ्यास गर्ने हो भने असम्भव छैन । जुन खेल पनि खेलेर नै सिक्ने हो र सिकेपछि असम्भव भन्ने केही हुँदैन ।

९. बागलुङमा क्रिकेटको विकास के कारणले गर्दा नभएजस्तो लाग्छ ? विकास गर्न के गर्नुपर्ला ?
– क्रिकेटमा बागलुङका धेरै मानिसमा ध्यान नपुगेकाले हो । अहिले नेपालमा क्रिकेटको धेरै क्रेज छ त्यसले गर्दा अहिले चाहि ध्यान पुगेको जस्तो लाग्छ । यहाँ क्रिकेटको विकासका लागि एकेडेमी सञ्चालन र आवश्यकता अनुसार प्रशिक्षक परिचालन गर्नपर्दछ ।
१०.अबको लक्ष्य के छ तपाईको ? 
– अब ३, ४ वर्ष क्रिकेट नै खेल्छु । अहिले पनि पोखरामा क्रिकेट एकेडेमि संचालन गरिरहेको छु । पछि पनि क्रिकेट एकेडेमि संचालन गरेर धेरै खेलाडीहरु उत्पादन गर्न लक्ष्य छ ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.