8 years ago
February 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरेको छ । सरकारले शुक्रबार पुरस्कृतसँगै जिम्बावे यात्रामा निस्कने टोलीको विदाई पनि गरेको थियो ।
सरकारले सोमबार घोषणा गरे बमोजिम १४ सदस्यीय राष्ट्रिय टोली पुरस्कृत गरेको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
१४ सदस्यीय टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्त गोचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दीलिपनाथ, ललित भण्डारी, अनिल कुमार शाह र रोहित कुमार पौडेल छन् ।
यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँ प्रदान गर्यो । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले नगद प्रदान गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बावेमा हुने एक दिवसीय विश्वकप छनोटको लागि टोलीलाई सफलताको शुभकामना दिए । ‘तपाईहरु जिम्बावेमा आत्मविश्वासका साथ खेल्नुस्, सफलताका साथ फर्कनुस् ’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ नेतृत्वमा खेलकुदलाई बुझ्ने मान्छे आएको छ । हामी हाम्रो गक्षले भ्याएसम्म नेपाली खेलकुद विकासको लागि सदैव लागि पर्नेछौं ।’
कप्तान पारसले राष्ट्रकै यस्तो खालको सम्मानले खेलाडीहरुलाई थप उत्साह प्रदान गर्ने बताए । ‘हामीले यसअघि प्रधानमन्त्रीबाट क्रिकेट मात्र नभई सबै खेलकुदलाई नयाँ उचाई दिने आश्वासन पाएका छौं । वर्षौको लगानीले हामी पून डिभिजन–१ मा उक्लदै विश्वकप छनोटमा पुग्न सफल भएका छौं ’ उनले भने, ‘खेलाडीहरु कुनै पार्टीको पनि हैन, संस्थाको पनि हैन । हामी चन्द्र र सूर्यको लागि खेल्नेछौ । यही खुसी जिम्वावेमा दोहो¥याउने कोसिसमा हुनेछौं ।’
मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट बोर्ड निर्माण गरेर नेपाल्ी क्रिकेटलाई निकासा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा दोस्रो हुँदै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको थियो । फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ ।
समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन् । नेपालले छनोटको पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ । ४ दिनपछि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि २–२ दिनको अन्तरमा नेपालले अफगानिस्तान र हङकङसँग भिड्नेछ । त्यसअघि नेपालले २ वटा ‘वार्मअप’ खेल खेल्नेछ । नेपालले फागुन १५ र फागुन १७ मा वार्मअप खेल खेल्नेछ ।
समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन् । सुपर सिक्समा लिग खेल हुनेछन् । शीर्ष दुई टोली सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]