10 years ago
August 25, 2015
नेपाली युवा टोली एसिसी यू–१९ प्रिमियर ट्रफी खेल्न बुधबार मलेसिया जादैछ । ६ देशको सहभागितामा प्रतियोगिता शुक्रबार सुरु हुनेछ ।
होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खेलाडीलाई शुभकामना दिदै मंगलबार विदाइ गरे ।
सचिव शर्माले खेलाडीलाई बढी उत्साहि वा निराश नभइकन खेल्न सुझाव दिए । ‘क्रिकेट अनिश्चिताको खेल हो । तर यसमा अन्तिम सम्म प्रयास गर्नुपर्छ,’ उनले भने,‘ खेलमा हार जित स्वभाविक हो । खेलाडीले आफ्नो तर्फबाट पुरा प्रयास गर्नुपर्छ ।’ कार्यक्रममा राष्ट्रिय युवा टोलीका प्रशिक्षक जगट टमाटाले उच्च प्रदर्शनको अपेक्षासहित मलेसिया जान लागेको बताए ।
‘हामी मानसिक र शारीरिक रुपमा पूर्ण रुपमा तयार छौं,’ उलने भने,‘ हामीसाग अलराउन्ड खेलाडी पर्याप्त छन् । त्यसैले पनि अलराउन्ड बेसिसमा प्रदर्शन गर्ने हाम्रो प्रयास हुनेछ । उपाधि जित्ने प्रयासका साथ खेल्नेछौं । सबै खेल फाइनल सम्झेर खेल्नेछौं । ’
प्रशिक्षकको भनाइमा सहमति जनाउादै कप्तान राजु रिजालले भने,‘ खेलाडीले धेरै मेहनत गरेका छन् । हामीबाट अपेक्षा पनि धेरै गरिएको छ । देशका लागि जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्नेमा सबै खेलाडी सचेत छन् ।’
नेपालले शुक्रबार पहिलो खेलमा युएइको सामना गर्नेछ ।
नेपाली यू– १९ क्रिकेट टोली टोली
राजु रिजाल (कप्तान), आरिफ शेख, दीपेश श्रेष्ठ, सौरभ खनाल, प्रेम तामाङ, शुसिल कडेल, दीपेन्द्र ऐरी, सुनिल धमला, शंकर राना, योगेन्द्रसिंह कार्की, सन्दीप सुनार, राजवीर सिंह, ललितनारायण राजवंशी, आशिष धामी , जगत टमाटा (प्रशिक्षक),श्रील भगत (फिजियो), अनुप थापा (व्यवस्थापक)
नेपालको खेल
विरुद्ध युएइ अगस्ट २८
विरुद्ध अफगानिस्तान अगस्ट २९
विरुद्ध मलेसिया अगस्ट ३१
विरुद्ध कुवेत सेप्टेम्बर १
विरुद्ध साउदी अरेबिया सेप्टेम्बर ३
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]