8 years ago
April 5, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा दोस्रो जित हात पारेको छ । विराटनगरले टिम चौराहा धनगढ़ीलाई १८ रनले पराजित गरेको हो । ब्याटिङ्तर्फ ४१ रन र बलिङ्तर्फ ४ विकेट लिएका पवन सराफ म्यान अफ द म्याच घोषित हुदै नगद रु १० हजार प्राप्त गरे ।
काठमाडौंको ६ अंक छ भने तेस्रो स्थानको धनगढी टिम चौराहासंगै ४ अंक जोडे पनि नेट रनरेटका अधारमा विराटनगर किङ्स दोस्रो स्थानमा पुगेको छ । तेस्रो स्थानको सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडको समान २ अंक छ । सबै तीन खेल हारेको रुपन्देही च्यालेन्जर्सको अहिले सम्म अंक छैन ।
एसएसी मैदान धनगढीमा बिहिबार भएको तेस्रो खेलमा टिम चौराहा धनगढ़ीलाई काठमाडौंले १८ रनले पराजित गरेको हो । विराटनगर किङ्सले दिएको १ सय २८ रनको मध्यम लक्ष्य पछ्याएको चौराहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९ रनमात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको चौराहाले मध्य ओभरहरुमा विराटनगरले कसिलो बलिङ् गरेपछि हार बेहेरेको हो ।
चौराहाका लागि ओपनरद्वय अश्फाक अहमद र सुनिल धमलाले ३६ रनको साझेदारी गरेका थिए । ३६ रनमा पहिलो विकेटको रुपमा १६ बलमा २२ रन बनाएका अहमदलाई गुमाएको चौराहाले ३८ रन बनाउदा १२ रनमा खेलिरहेका अर्का ओपनर धमलालाई गुमाएको थियो । चौराहाका लागि युएइका कप्तान रोहन् मुस्तफाले १६ बलमा ११, राजु पुलामीले १२ बलमा ८ प्रहार गरेका थिए भने सोनु तामांगले १ र कप्तान सोमपाल कामीले ३ रनमात्र जोड्न सके । चौराहाका लागि सर्वाधिक रन प्रहार गरेका शंखर रानाले ३८ बल खेल्दै २५ रन प्रहार गरेका थिए ।
कसिलो बलिङ् गरेको विराटनगरका लागि वसन्त रेग्मीले ४ ओभरमा १४ रन खर्चंदै २ विकेट लिए भने सुभम कामतले ४ ओभरमा १२ राम खर्चदै १ विकेट लिए । सर्वाधिक ४ विकेट लिएका पवन शराफले ४ ओभरमा २५ रन खर्चेका थिए भने कप्तान पारस खड्काले पनि ४ ओभरमा २० रन खर्चदै २ विकेट लिएका थिए। ४ ओभरमा ३४ रन खर्चेका राम नरेश गिरीले कुनै विकेट लिन सकेनन् ।
त्यस अघि टस हारेर ब्याटिङमा उत्रेको बिराटनगरले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १ सय २७ रनको स्कोर खडा गरेको थियो । इनिंगको दोस्रो ओभरमै १० रनको स्थितिमा दिलिप नाथलाई व्यक्तिगत ४ रनमै गुमाएको विराटनगरका अर्का ओपनर अनिल शाह र बाबर हयातले १९ बलमै ३१ रनको साझेदारी गर्दा ठुलो स्कोर खाडा गर्ने संकेत देखाए पनि त्यसपछि निरन्तर विकेट गुमाउँदा दवावमा देखिएको थियो।
अनिल शाहलाई व्यक्तिगत २४ रनमा गुमाएको विराटनगरले अर्को १४ रन बनाउदा हायात, पृथु बास्कोटा र कप्तान पारस खड्कालाई गुमाएको थियो । हायातले १५, पृथुले ३ तथा परासले २ रन प्रहार गरे । चौराहाका लागि पहिलो ५ मध्ये ४ विकेट सुनिल धमलाले लिएका थिए । त्यस पछि ब्याटिङ् गर्न आएका पवन सराफले टिमका लागि सर्वाधिक ४१ रन प्रहार गरेका थिए ।
विराटनगर किङ्सका लागि अन्य ब्याट्सम्यानहरु शुभम कामतले १८, अमित श्रेष्ठले ६, सौरभ खनालले १ र वसन्त रेग्मीले ६ रन प्रहार गरे भने राम नरेश गिरी १ रन प्रहार गर्दै नटआउट रहे । टिम चौराहा धनगढ़ीका लागि सुनिल धमलाले ४, रोहन मुस्तफा र कप्तान सोमपाल कामीले २-२ तथा ललित सिंह भण्डारी र संसद शेखले १-१ विकेट हात परेका थिए।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]