8 years ago
April 5, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ को आजको दोस्रो खेलमा रुपन्देही च्यालेंजर्सले महेन्द्रनगर युनाइटेडलाई १ सय ४५ रनको लक्ष्य दिएको छ। रुपन्देही च्यालेंजर्सका कप्तान शक्ति गौचनले टस जित्दै ब्याटिंङ् गर्ने निर्णय लिएका थिए।
प्रतियोगितामा महेन्द्रनगर युनाइटेडले २ खेल खेल्दै १ मा जित हात पारेको छ भने रुपन्देही च्यालेंजर्स खेलेको ३ खेलमा नै पराजय भोगेको थियो । आज जित हासिल गर्न नसकेको खण्डमा रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना अन्त्य हुनेछ भने महेन्द्रनगर युनाइटेडपनि अफ्ठ्यारो स्थितिमा पुग्नेछ।
टस जितेर ब्याटिङ गर्न उत्रेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४४ रनको स्कोर खडा गरेको हो । इनिंगको चौथो ओभरमै ११ रनको स्थितिमा सोनु अन्सारीलाई व्यक्तिगत २ रनमै गुमाएको रुपन्देहीका अर्का ओपनर प्रदिप एरी र यु-१६का खेलाडी कुशल मल्ललेल ५१ रनको साझेदारी गर्दै टोलीको स्कोर ६२ पुर्याएका थिए ।
प्रदिपले ३२ बलमा ३९ तथा कुशलले २२ बलमा १५ रन प्रहार गरेका थिए । अगिल्लो खेलहरुमा ठुलो स्कोर बनाउन नसकेका सागर पुन पुन: १६ बलमा २८ रन बनाउदै आउट भए । उनले २ छक्का र १ चौका प्रहार गरेका थिए। अन्य ब्याट्सम्यानहरु दिपक प्रशादले १७, सुफ्याँन महमुद, सुसन भारी र अमर सिंह राउटेलाले ९-९ रन प्रहार गरे भने शक्ति गौचन ३ रन प्रहार गर्दै नट आउट रहे ।
महेन्द्रनगर युनाइटेडका लागि पुनित बिष्टले ४ ओभर बलिङ् गर्दै ११ रन खर्चेर ४ विकेट लिएका थिए । अन्य बलरहरु अभिनाश कर्ण, करण केसी, भुवन कार्की र पुनित मेहरा १-१ विकेट लिन सफल भए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]