8 years ago
April 6, 2018
दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलो रोजाइमा पुर्ने सम्भावना रहेको बताएका छन् ।
दिल्लीले गरेको पत्रकार सम्मेलनमा एक नेपाली पत्रकारको प्रश्नमा जवाफ दिने क्रममा पोन्टिङले सन्दीप प्रतिभावान खेलाडी भएका कारण आइपिएलको कुनै न कुनै खेलमा खेल्न पाउने बताए ।
सन्दीपलाई वैकल्पिक खेलाडीका रुपमा खरिद गरेपनि उल्लेखद गर्दै पोन्टिङले उनको लगनशिलता र मेहनतको खुलेर प्रशंसा गरे । आइपिएल शनिबार हुँदै हुँदैछ । दिल्ली डेयरडेभिल्सको पहिलो खेल आइतबार रहेको छ ।
हेर्नुहोस् भिडियो :
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]