default_image

8 years ago

April 6, 2018

टिमको जितमा योगदान दिन पाउदा खुशी छुः कप्तान ज्ञानेन्द्र मल्ल

118 views

0 Bookmark

 धनगढी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका उप–कप्तानसमेत रहेका काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमको जितमा योगदान दिन पाउदा खुशी लाग्ने बताएका छन् । डिपिएल अन्तर्गतको आजको खेलमा उनको प्रेरणादायी प्रदर्शनमा  काठमाण्डौले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरेको हो ।
‘टिम गेम्समा टिमको जित महत्वपूर्ण हुन्छ । त्यसैमाथि टिमलाई नै जिताउन पाउदाको छुट्टै मजा हुन्छ ।’ कप्तान मल्लले शुक्रबार विराटनगरविरुद्ध जित निकालेपछि भने, ‘यसले अन्य खेलाडीहरुमा आत्मविश्वास बढ्ने छ । टिममा सधै एक जनाले गर्न सकिन्छ भन्ने हुदैन । कहिले कुनै खेलाडी कहिले कुनै खेलाडी चलिरहनु आवश्यक हुन्छ ।’ यस्तै कप्तान मल्लले पछिल्लो समयमा रन नबनिरहेको अवस्थामा रन बन्नु एक ब्याट्सम्यानको लागि खुशीको कुरा रहेको बताए ।
‘धनगढीमा टिमको स्पिरिट राम्रो देखिएको छ । लक्ष्य पछ्याउदा होस् या लक्ष्य दिदा होस् जुन खेलाडीबाट आशा गरेका थियौ त्यही खेलाडी क्लिक भएको छ ।’ कप्तान मल्लले भने, ‘जसका कारण हामी अपराजित रहँदै प्ले अफमा पुग्न सफल भएका छौं । अबको खेलहरुमा पनि यसरी नै टिम गेम्स खेल्दै अघि बढ्नेछौं ।’
मल्ल डिपिएल–२ मा चार खेलबाट १ सय ५५ रनसहित सर्वाधिक रनकर्ताको दोस्रो स्थानमा रहेका छन । ४ खेलमा  १ सय ७२ रनसहित विराटनगरका बाबार हायात शीर्ष स्थानमा रहेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.