8 years ago
April 10, 2018
धनगढी (हाम्रो खेलकुद) – टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली धनगढीले काठमाडौं गोल्डेन्सललाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंको यो प्रतियोगितामा पहिलो हार हो । धनगढीसँग पराजित भएको काठमाडौंले फाइनल प्रवेशको लागि अर्काे मौका पाउनेछ । आजको खेलको म्यान अफ द म्याच शंखर राना घोषित भए ।
काठमाडौंले दिएको १ सय २८ रनको सामान्य लक्ष्य धनगढीले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । रोमाञ्चक बनेको खेलको अन्तिम ओभरको पाँचौ बलमा सम्साद शेखले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । धनगढीका लागि रोहन मुस्ताफाले सर्वाधिक ३५ रन बनाए । शंकर राना २८ रनमा आउट भए । ओपनर सुनिल धमलाले १३ तथा शंकर रानाले रन बनाए । सोनु तामाङ १४ रनमा सन्नी पटेलको बलमा एलबीडब्लुको शिकार भए । सोमपाल कामी ६ रनमा आउट भए । अन्तिम ओभरमा बलिङमा आएका रसिद खानले तेस्रो र चौथो बलमा लगातार विकेट लिएपनि टिमलाई जिताउन सकेन ।
काठमाडौंका सन्नी पटेल र शाहव आलम र रसिद खानले समान २ विकेट लिए । सुवोध भाटी, ललित नारायण राजवंशीले समान १ विकेट लिए । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल बनायो । ८ रन हुदा दोस्रो ओभरमा ललितसिंह भण्डारीले ओपनर ब्याट्सम्यान सुवोध भाटीलाई आउट भयो । सातौ ओभरमा सुनिल धमलाले भुपेन्द्र थापालाई आउट गरेपछि काठमाडौंको इनिङ्स धर्मराएको थियो । त्यसपछि ब्याटिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटको लागि अमित श्रेष्ठसँग ५२ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।
२३ बल खेलेका कप्तान मल्लले २३ बलमा ३८ रनको योगदान दिए । मल्लले २ छक्का र ३ चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान अमित श्रेष्ठ ३६ रनमा आउट भए । त्यसपछि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफमा समेटियो । भुपेन्द्र थापाले १० रनमा पभेलियन फर्किए । दुई विदेशी खेलाडी सुवोध भाटी र सन्नी पटेलले यो खेलमा उलेख्य प्रदर्शन गर्न सकेनन् । पुष्प थापा १६ रनमा अविजित रहे ।
धनगढीका ललितसिंह भण्डारीले ३ विकेट लिए । कप्तान सोमपाल कामीले २ तथा सुनिल धमला, रोहन मुस्ताफा र सम्साद शेखले समान १ विकेट लिए । प्रतियोगिताको इलिमेटरमा केही बेरमा सिवाइसी अत्तरिया र महेन्द्रनरथ युनाइटेडबीच खेल हनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]