default_image

8 years ago

April 12, 2018

सन्नी पटेलको ४ ओभरमा ६ विकेट

123 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – काठमाडौंका सन्नी पटेलले रुस्लान डिपिएल–२ को दोस्रो क्वालिफयर अन्र्तगत बिहिबार भएको महेन्द्रनगर युनाइटेडविरुद्धको दोस्रो खेलमा उत्कृट बलिङ गरेका छन् ।

आफ्नो स्पेलको ४ ओभरमा सन्नीले उत्कृष्ट बलिङको नमुना पेश गर्दै महेन्द्रनगरको महत्वपूर्ण ६ विकेट लिन सफल भएका हुन् । सन्नीले ४ ओभरमा १० रन खर्चदै १ मेडनसहित महेन्द्रनगरको महत्वपूर्ण ६ विकेट लिन सफल भएका हुन् । पहिलो ओभरको दोस्रो बलमै ओपनर ब्याट्सम्यान विनोद भण्डारीलाई एलबिडब्लुको शिकार बनाएका थिए ।

तेस्रो ओभरको पहिलो बलमा आसिफ शेख र अन्तिम बलमा हरिशंकर शाहलाई आउट गरेका थिए । सन्नीले पाँचौ ओभरको तेस्रो बलमा पुनित विष्ट, पाँचौ ओभरमा रोहित कुमार पौडेल र अन्तिम बलमा भुवन कार्कीलाई आउट गरेका थिए । पटेल ७ खेलबाट १२ विकेट लिएर सर्वाधिक विकेट लिनेको शीर्षस्थानमा रहेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.